काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा नेतृत्व चयनका लागि दोस्रो चरणको निर्वाचन भइरहेको छ । सभापति पदका उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेबाट मतदान भइरहेको छ ।
मतदानस्थलमा सभापतिका प्रतिस्पर्धीद्वय शेरबहादुर देउवा र शेखर कोइराला रहेका छन् । उनीहरूले मतदान गरेका छैनन् ।
पहिलो चरणको मतदानमा खसेको मतमध्ये कुनैपनि उमेद्वारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा पुगेको हो। देउबा र कोइराला पहिलो चरणमा सर्वाधिक मत पाउने शीर्ष दुई उम्मेदवार थिए।
यसअघि मतदानस्थलमा कोइराला जाने क्रममा कोइरालाका सहयोगी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको थियो ।






