लण्डन,नेपालमा शक्तिशाली महाभूकम्पछि देश विदेशबाट राहत एवं उद्दार टोली प्रभावित क्षेत्रमा खटिइरहेकै बेला बेलायतका कार्यवाहक राजदूत तेज बहादुर क्षेत्रीले -बेलायतमा जति पनि संघ सस्था र ब्यक्तिगत प्रयासमा राहत संकलन गरिरहेकाहरुलाई दुताबासमार्फत मात्र नेपाल पठाउन पहल गर्ने बताए |नेपाली दूतावासद्धारा गठित नेपाल ब्रिटेन राहत तथा उद्दार कोष अन्तर्गत आर्थिक संकलन तथा व्यवस्थापन समितिले सकृय रुपमा काम गरिरहेको र पीड़ितका नाममा सँकलित राहतको दुरुपयोग हुन नदिने प्रतिबद्धा जनाउदै, प्रधानमन्त्री राहत कोषको कसैले दुरुपयोग नै गर्न सक्दैन, त्यसैले भुकम्प पीडितका लागि उठाइएको रकम दुतावासकै माध्यमबाट नै पठाऔं “राजदूत क्षेत्रीले बेलायत बाट संचालित एनटीवी बिशेस कार्यक्रममा पत्रकार ध्रुब राज अर्यालसग को अन्तरवार्ता मा जनाए |
भूकंप पीड़ितकालागि उठाइएको रकम दुतावासकै माध्यमबाट पठाउदा पारदर्सी हुने(भिडियो )







