लण्डन । फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले शुक्रबार बेलायती समकक्षी प्रिती पटेललाई आप्रवासी सङ्कटमा प्रधानमन्त्री बोरिस जोनसनले सार्वजनिक गरेको पत्रको विरोधमा तय भएको सप्ताहन्तको वार्ता रद्द गरेको बताएका छन् ।
एएफपीका अनुसार दरमानिनले पटेललाई जोनसनले राष्ट्रपति इमानुएल म्याक्रोनलाई पठाएको पत्रलाई फ्रान्सले च्यानल पार गर्ने आप्रवासीहरूलाई फिर्ता लैजानु भनेको विषयले थप निराशा पारेको जनाए ।
उनले भने, यस्ता विषयलाई यसरी सार्वजनिक बनाउनुले वातावरण अझ नराम्रो बनाएको छ। त्यसैले मैले आइतबारका लागि क्यालासमा तय हाम्रो बैठक रद्द गर्न आवश्यक ठानेको छु।






