एनबीए तास्मानियाको प्रथम साधारणसभा सम्पन्नः रेवन्त वस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन

होबार्ट । नेप्लिज विजनेस एसोसिएसन अफ तास्मानिया एनबीएको पहिलो साधारणसभा सम्पन्न भएको छ ।

आइतवार सम्पन्न पहिलो साधारण सभाले रेवन्त वस्नेतको नेतृत्वमा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा प्रविन खरेल, सचिवमा उमेश सुन्चेरी, सहसचिवमा सरोज खनाल, कोषाध्यक्षमा अरुन आचार्य, कार्यसमितिमा रोशन मैनाली र कुसुम सर्मा चयन भएका छन । नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको निवार्चन आयुक्त सन्देश परियारले जानकारी दिए ।

तास्मानियमा रहेका नेपाली व्यवसायीहरुलाई एउटै संस्थामा समेटेर उनीहरुको सहकार्य, सीप, क्षमता र राज्यस्तरबाट प्राप्त हुन सक्ने स्रोतसाधन साथै जानकारीहरुमा पहुच पुर्याउने उद्देश्यका साथ २ वर्ष अघि यस संस्थाको स्थापना भएको थियो ।

यसवीचमा कोरोना महामारीको समयमा समस्यामा परेका विद्यार्थी लगायत अन्यहरुलाई राहत वितरण गर्नुका साथै अष्ट्रेलियन ट्याक्सेसन अफिस, विजनेस तासमानियक लगायतका विभिन्न सरकारी निकायहरुसंग समन्वय गरि यहाँका व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्न कार्यसाला गोष्ठि लगायतका कार्यक्रम संस्थाले सम्पन्न गरेको छ ।

यहाँको नेपाली व्यवसायीहरुवीच सहयोग र सदभावको भावना विकास गर्दै नेपाली व्यवसायीहरुको विकासका लागि थप योजना ल्याउने संस्थाले जनाएको छ ।

संस्थामा तास्मानियको होवार्ट साथै लन्चेष्टनबाट समेत गरि ३५ भन्दा वढि व्यवसायीहरु आवद्ध रहेका छन् ।