विनाशकारी भूकम्प आएपछि अमेरिकाको सबै कार्यक्रम छाडेर राहत र उद्धारमा सहयोग गर्नका लागि नेपाल फर्केका चर्चित गायक पशुपति शर्माले भूकम्पबाट पिडित हुँदा समेत गीत सुन्ने ईच्छा गरेकालाई उक्त गीत सुनाउँदै थिए । गायक शर्मा राहत प्रदान गर्न आफ्नो गाउँ गोरखाको छोप्राक पुगेका हुन् ।
गायक शर्माले आफू र आफ्नो परिवारको तर्फबाट ५० हजार रुपैयाँ छुट्टाउँदै सहयोगको थालनी चितवनबाट शुरु गरेको बताए ।
शर्मा र भटराईले पर्यटकीय नगरी सौराहामा रहेको सपना भिलेज सोसल ईम्फ्क्याटसँग सहकार्य गरि चितवनको विकट पहाडी गाविस दारेचोक लामिडाँडाबाट राहत बाँड्न शुरु गरेका थिए ।
उनीहरुले एकै दिन धादिङ्गको सिमलडाडा र गोर्खाको छोप्रक–५ मैदानका गरी क्रमशः २०, ६५ र ४०० गरि ४ सय ८५ जनालाई राहत बाँडेका थिए । सपना भिलेजले भूकम्प पिडित र चेपाङ्गलाई राहत प्रदान गर्ने अभियान शुरु गरेको छ । शर्माले विभिन्न ठाउं राहत संकलन कार्य जारी







