लण्डन । बेलायतमा शान्ति नेपाली समाजले नेपालीहरुको महान पर्व बिजया दशमी तथा दिपावली पर्वको अवसरमा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साथमा शुभकामना आदान प्रदान गर्ने भएको छ ।
नेपालीहरुलाई पर्वमय उल्लास सिर्जना गर्ने र संगीतको जगेर्ना समेत गर्ने उद्देश्यका साथ २५ अक्टोबरको दिन भव्य रुपमा कार्यक्रम सम्पन्न गर्न लागेको हो ।
गत बर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीको कारण यसप्रकारका कार्यक्रमहरु गर्न असफल भएको अवस्थामा यसपटक अलिक विशेष तरिकाले शुभकामना साटासाट गर्न लागिएको संस्थाका अध्यक्ष भोजराज भण्डारीलेलण्डन नेपाल न्यूजलाई जानकारी दिए ।
कन्फरेन्स सुट थोमस स्ट्रिट वेस्ट व्रोविच बि ७० मा दिउँसो ४ बजेदेखि १० बजेसम्म सञ्चालन हुने सो कार्यक्रममा चर्चित कलाकार कल्पना श्रीपाल, मधुसुधन थापा सहित अन्य स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ । त्यस्तै बेलायतमा रहेका नेपाली संघसंस्थाका प्रतिनिधि तथा अन्य सेलिव्रटीहरु पनि सहभागि हुने छन् ।
सो अवसरमा नौमति बाजागाजासहित भव्य आनन्द पाउन सकिने अध्यक्ष भण्डारीले बताए । नेपाली पर्वहरुको खुशीयाली साटासाट सँगै यहाँका नेपालीहरुवीच एकताको सन्देश दिन पनि सो कार्यक्रम गर्न लागिएको उनले बताए । यसअघि कोभिडले गर्दा स्थगन गरिएका कार्यक्रमहरुको समष्टिगत आनन्द पनि यहाँ लिन सकिने उनको दाबी छ । लण्डन नेपाल न्यूजसँग बोल्दै अध्यक्ष भण्डारीले उक्त कार्यक्रमलाई मिडल्याण्डकै सबैभन्दा ठूलो र धेरै मानिसहरु सहभागि भएको कार्यक्रम गराउने गरी तयारी गरिरहेको जानकारी दिए ।
शान्ति नेपाली समाज बेलायत तथा नेपाल दुवै देशमा शान्ति स्थापना मात्र नभएर कला संस्कृतिको प्रबद्र्धन तथा अन्य विविध सामाजिक काममा संलग्न रहेको छ ।
समाजको पाँचौं महाधिवेशनले भोजराज भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।अध्यक्ष निर्विरोध भण्डारी समाजको स्थापनाकालदेखि नै सक्रिय छन् ।
उक्त संस्थाको उपाध्यक्षमा गोकर्ण हुमागाई,उपाध्यक्ष कमला ढकाल, सचिब महेन्द्र काफ्ले, सह सचिब पदम शाही,कोषाध्यक्ष दिनेश कंडेल, सह( कोषाध्यक्ष रामेश्वर अर्याल,सदस्य निशान्त बद्रचार्य, छुमकला (माया) पाण्डे, राजु खत्री, शशांक शर्मा, राजु (ढाल बहादुर) खत्री, बाबुराम भुसाल, डी यन खरेल, यादव बि क, प्रविन खरेल, बिनोद थापा, तेज भण्डारी, कृष्ण खरेल रहेका छन् ।






