लण्डन ।गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेलायतको एनसीसी यूके अन्तर्गतको इङ्ल्याण्ड राज्य परिषदयूकेले नेपालीहरुका महान पर्व विजयादशमी तथा तिहारको अवसरमा देउसी भैलो कार्यक्रम गर्ने भएको छ ।
नेपाली कला, संस्कृति, परम्परा र भेषभुशालाई आफ्नो सभ्यताको ढुकढुकी ठानी यसको जगेर्ना र प्रबर्धन गर्नु पर्छ भन्ने मान्यताका साथ यस बर्षको दशैं तिहारको पावन अवसर पारेर बेलायतभरी बसोबास गर्दै आएका नेपालीहरुलाई देउसी भैलो कार्यक्रमको आयोजना गरी मनोरन्जन प्रदान गर्न लागेको परिषदका अध्यक्ष लालबहादुर (एलबीजेड) गुरुङले बताए।
उनका अनुसार नेपाली संस्कृति झल्कने र नेपालको झल्को मेटाउने मात्र नभई यस्ता कार्यक्रमहरुले छरिएर रहेका नेपालीहरु एकैठाउँ भेटघाट, चिनजान, र शुभकामना आदान प्रदान समेत गर्न सकिने र नयाँपुस्ताहरुलाई समेत यो पुर्खाको पहिचान दिलाउने उद्धेश्यसहित उक्त कार्यक्रम आयोजना गरिएको हो ।
इंग्ल्यान्ड राज्य परिषदकी सह-सचिब अहिल्या कॅुवरका अनुसार २९ अक्टोबर २०२१ अपरान्ह ५ देखि ११ बजे सम्म एम्पायर हलमा हुने सो कार्यक्रममा सबैलाई उपस्थित हुन आग्रह गरिएको छ । यस कार्यक्रम नेपाली कला, संस्कृति र परम्पराहरुलाई नयाँ पुस्तासामू जिवितै सुम्पने एक तरिका समेत सावित हुने विश्वास लिइएको र सबै बाट सहयोगको अपेच्छा गरिएको छ ।
एनसीसी यूके अन्तर्गतको इङ्ल्याण्ड राज्य परिषदका अध्यक्ष लालबहादुर (एलबीजेड) गुरुङले लण्डन नेपाल न्यूजसँग भने, ‘कार्यक्रम राज्य समन्वय परिषद इंगल्याण्डको मात्र नभई बेलायत भरिका नेपालीहरुको सामुहिक कार्यक्रम हो र यसमा सबै नेपालीहरुको साथ र सहयोग चाहिन्छ ।’ नेपाल छोडेर धेरै नेपालीहरु विश्वभर छरिएर रहेको, उनिहरुसंगै नेपाली कला, संस्कृति र नेपाली पन संगै गएको भन्दै त्यसलाई दुरुस्तै मेलापर्व अनुसारको न्यास्रो मेटाउने उद्धेश्य कार्यक्रममार्फत राखिएको परिषद्ले जनाएको छ ।
कार्यक्रममा बेलायत भरी बसोबास गर्ने सम्पूर्ण सामाजिक अभियन्ताहरु, व्यावसायीहरु, पेशाकर्मीहरु, सन्चारकर्मीहरु, अभिभावकहरु, नयाँ पुस्ता, संघसंस्थाका लिडरहरुलाई उपस्थितीको निम्ती अनुरोध गरिएको छ । कार्यक्रम सफल पार्नको लागि सहभागि भई नैतिक, सामाजिक, आर्थिक एवं सहभागितामुलक उपस्थिति जनाउन पनि संस्थाले अपिल गरेको छ ।
कार्यक्रमलाई सफल बनाउन सहयोगका लागि इंग्ल्यान्ड राज्य समन्वय परिषदका उपाध्यक्ष भक्त दर्जीले सबैलाई अनुरोध गरेका छन्।
परिषद्ले नेपाल र नेपालीहरुको कल्याणको निम्ती लामो समयदेखि काम गर्दै आएको छ । नवगठित कार्यसमितिले पनि संस्थाका उद्धेश्यप्राप्तिमा अडिग भएर लाग्ने प्रतिबद्धता जनाएको छ ।






