लण्डन । एनआरएनए यूकेको कार्यालय आइतबार बिहान उद्घाटन हुँदैछ ।गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेलायत (एनसीसी यूके) को नयाँ कार्यालयको उद्घाटन संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले गर्ने भएका छन् ।
अल्डरसटमा स्थापना गरिएको नयाँ कार्यालयको उद्घाटन यही अक्टोबर १० आइतबार बिहान ११ बजे विशेष समारोहबीच घलेले कार्यालयको उदघाटन गर्ने एनसीसी यूकेका महासचिव खुशी लिम्बुले जानकारी दिए ।
गैर-आवासीय नेपाली संघको स्थापना दिवसको अवसर पारेर एनसीसी यूकेले कार्यालय उदघाटन गर्न लागेको प्रवक्ता भरतमणी चोङबाङले जानकारी दिए।
उद्घाटन कार्यक्रममा बेलायतस्थित नेपाली दूतावासका प्रतिनिधिका साथै एनआरएनए यूकेका संस्थापक पदाधिकारी तथा समाजका अगुवाहरुको उपस्थिति रहने अध्यक्ष प्रेम गाहा मगरले लन्डन नेपाल न्युज लाइ जानकारी गराए ।
सन् २००३ मा बेलायतबाटै एनआरएनएको घोषणा गरिएको ‘एनआरएन डे’ कै अवसर पारेर कार्यालय उद्घाटन गर्न लागिएको हो”






