नेपाली कांग्रेस तरूण विभाग अष्टेलियाद्वारा पोखरामा आयोजित फुटवल प्रतियोगितालाई सहयोग

सिड्नी । नेपाली कांग्रेस तरूण विभाग अष्ट्रेलियाले नेपालको पोखरा १५ स्थित ढुङ्गे साँघु युथ क्लवको आयोजनामा यहि कात्तिक सातगते देखी सञ्चालन हुन लागेको सेभेन ए साईड फुटबल प्रतियोगिताको प्रथम पुरस्कार प्रयोजन गर्ने भएको छ ।

‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’, ‘खेलकूद अभ्यास मात्र होइन, सामाजिक मर्यादा र प्रतिष्ठा पनि हो’ भन्ने मूल मन्त्रसहित आयोजित उक्त कार्यक्रमको प्रथम पुरस्कार वापतको रु ३१ हजार प्रायोजनको रुपमा प्रदान गर्ने निर्णय भएको संयोजक समित केसीले बताए ।

एन्फा कास्कीका सचिब प्रीतम गुरूङको समन्वयमा उक्त रकम आयोजकलाई हस्तान्तरण गरिएको विभागका सचिव विवेक थापाले बताए। शिक्षा,खेलकुद र समाजमा युवाहरूका सिर्जनात्मक कार्यसङ्ग आउदा दिनहरूमा पनि जोडिरहने विभागका सदस्य तिलक आले मगरले बताए।

आगामी दिनमा समेत प्रवासबाट स्वदेश सम्म विभिन्न रचनात्मक र सहयोगात्मक कार्यमा साथ गर्दे अघि बढ्ने विभागका प्रमुख समित केसीले बताए ।