गोल्डेनसिपले भूकम्प पीडितलाई १६ लाख रुपैयां दिने :

 शिव भण्डारी

लन्डन ।dav3

लन्डन साउथ हारो स्थित गोल्डेनसिप रेस्टुरेन्टले भूकम्प पीडितलाई १६ लाख रुपैयां दिने भएको छ । रेष्टुरेन्टले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सवका अवसरमा बुधवारसांझ आयोजित च्यारिटी डिनरमा संकलित रकम पीडितलाई दिने निर्णय गरेको हो ।dav5

नेपालमा गएको महाभूकम्पका कारण विक्षिप्त नेपालीहरुको घाउमा मलम लगाउने उद्देश्यले आफ्नो बार्सिकोत्सवको अवसर पारी उक्त च्यारिटी डिनर गरिएको सञ्चालक सनत गुरुङले बताए ।dav 1

बुधबार सांझ आयोजित कार्यक्रममा उपस्थित पाहुनाहरुले भूकम्प पीडितका लागि स्वतस्फूर्त आर्थिक सहयोग गरेको रेष्टुरेन्ट संचालक मध्ये एक देव गुरुङले जानकारी दिए । सोही अवसरमा स्थापनाकालको दोस्रो बार्सिकोत्सवको स्मरण स्वरूप केक काटिएको थियो । कार्यक्रममा बेलायत स्थित नेपाली पत्रकारहरु चिरन शर्मा, बिमला सेने,शिव भण्डारी, रन्जित बस्नेत, उमेश निरौला र प्रतिभा गुरुङको बाक्लो उपस्थिति थियो ।dav 4dav2