सिड्नी । ग्लाडिस बेरेजिक्लियनले राजिनामा दिएसँगै न्यू साउथ वेल्सको नयाँ प्रिमियरमा डोमिनिक पेरोटेट विजयी भएका छन् ।
आफ्नो प्रेमीसँगै आफ्नो पनि नाम आर्थिक अपचलनको केसमा जोडिएसँगै गत शुक्रबार तत्कालिन प्रिमियर ग्लाडिस बरिजेकलियनले घटनाको छानबिन गर्न सहज हुने भन्दै सांसद र प्रिमियर दुवै पदबाट राजीनामा दिएकी थिइन् ।
मंगलवार बिहान लिवरल पार्टीको राज्यस्तरिय संसदीय दलको बैठकले संसदीय दल र प्रिमियर दुवैमा प्रतिद्धन्दी रब स्टोकलाई पराजित गर्दै पेरोटेटले जित हाँसिल गरेका हुन् ।
उनले ३९ मत ल्याए भने उनका प्रतिस्पर्धीले जम्मा ५ मत मात्रै पाए । न्यू साउथ वेल्समा लिवरल पार्टीको स्पष्ट बहुमत रहेको कारण पेरोटेट नै सर्वसम्मत रुपमा प्रिमियर बनेका हुन् ।
कोभिड महामारीको समयमा तत्कालिन प्रिमियर ग्लाडिसले राम्रो काम गरेको, राज्यको आर्थिक समुन्नती गरेको बताइँरहदा पर्दा पछाडीको हिरोको रुपमा परिचय बनाएका पेरोटेट नयाँ चुनौतिको साथ राज्यको ४६ औं प्रिमियर बनेका हुन् ।
उनको हातमा कोभिड न्यूनिकरण देखि थुप्रै चुनौतिहरु रहेका छन् ।
उनले पदभार ग्रहण गरेपछि आफूसँगै दलको नेताको चनावमा उत्रिएका नेता रबलाई मन्त्री बनाउने समेत उदघा्ष गरे ।
को हुन् पेरोटेट ?
१९८२ मा जन्मिएका उनी हालसम्मकै सबैभन्दा कान्छा प्रिमियर भएका छन् । उनी अहिले ३९ बर्षका भए ।
वेस्ट पेनान्ट हिल्समा हुर्के बढेका उनले ड्युरलमा रहेको रोमन क्याथोलिक स्कूल रेडफिल्ड कलेजमा अध्ययन गरेका थिए ।
एक दशकअघि उनी संसदमा प्रवेश गरेका थिए जबकी त्यो उमेरमा उनी मात्र आफ्नो दोस्रो दशकको जीवन बाँचिरहेका थिए ।
पहिलो मन्तव्य दिदै उनले आफ्नो आमा, श्रीमतीलाई धन्यवाद दिए ।
उनी परिवारका १२ सन्तान मध्ये तेस्रो हुन् ।






