लण्डन । बेलायतको लिभरपुलमा चर्चित युवा व्यावसायीको रुपमा डायस्पोरामा परिचित तथा समाजसेवी गोपाल अधिकारीले लन्डन म्याराथन दौड मार्फत च्यारिटीका लागी रकम संकलन गरेका छन् ।
बेलायतको नेपाली समुदायमा उदाउँदा समाजसेवी समेत रहेका एनआरएनए अभियन्ता अधिकारीले लण्डनमा सञ्चालित म्याराथन दौड ४ देखि ५ घन्टामा पूरा गर्दै २ हजार ३ पाउण्ड संकलन गर्न सफल भएका हुन् ।
यसरी संकलन गरेको रकम उनले नेपालका बालबालिकाहरुको शिक्षा-दीक्षाको निम्ती खर्च गर्नेगरी च्यारिटीमा दिने भएका छन् ।दौड सकिएपछि अर्थसंकलनबारे जानकारी दिदै उनले आफ्नो दौडको अवधिमा २ हजार ३ पाउण्ड संकलन गरेको भन्दै उक्त रकम च्यारिटीमा दिने र सो च्यारिटी मार्फत गरिब तथा जेहेन्दार विद्यार्थीहरुले लाभ पाउन सक्ने बताए ।

यस अभियानमा साथ दिने बासु लामिछाने सहित सबै सहयोगदाताहरुलाई धन्यवाद दिदै उनले भने, ‘उहाँहरुकै साथले मेरो अभियान सफल भएको हो, यहाँहरुकै कारण मलाई दौडिने ऊर्जा मिलेको हो, त्यसकारण तपाईँहरु सबै धन्यवादका पात्रा हुनुहुन्छ ।’अगष्टबाट तालिम गरेका उनले दुई महिनाकै अवधिमा उक्त दौड गर्न सफल भएका हुन् ।
आफूले खेल शुरू गरेको छोटो अवधिमै उक्त प्रतियोगितामा सामेल हुन सकेको भन्दै उनले आफ्नो यात्रामा हौसला दिने सबैलाई धन्यवाद दिए ।

नेपाल र नेपालीको निम्ती आवश्यक पर्ने हरसुकै कामहरुलाई नेतृत्व दिन अघि सर्ने स्वभावका युवा समाजसेवी अधिकारीले यसअघि बेलायत तथा नेपालका नेपालीहरुको कल्याणको निम्ती विभिन्न कामहरु गर्दै आएका छन् ।
व्यवसायका अलावा उनले समाजसेवा तथा च्यारिटीमा पनि विशेष काम गर्दै गरिब दुःखीहरुको पेट भर्ने तथा दुःखमा परेका बालबालिकाहरुलाई अध्ययन गर्ने वातावरण दिलाउन सहयोग गर्दै आएका छन् ।आगामी दिनमा पनि यसप्रकारका कामहरु गर्ने उनले बताए ।
‘मेरो व्यक्तिगत जीवन तथा व्यावसायका अलावा च्यारिटी गर्नु मेरो शौख हो’, लण्डन नेपाल न्यूजका प्रधान सम्पादक शिव भण्डारीसँग अधिकारीले भने,’ जहाँ जस्तो अवस्थामा रहेपनि आफूले सक्ने कामबाट च्यारिटी गर्दै जानेछु, लण्डन म्याराथन पनि त्यसैको शिलशिला हो ।’उनले आफ्नो अभियानको क्रममा सहयोग गर्ने दाताहरुको नाम समेत सार्वजनिक गरेका छन्।
https://www.facebook.com/1114645779/videos/165415359107857/






