अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत अर्जुन कार्की र अमेरीकी विदेश मन्त्री जोनकेरी बीच भेटघाट भएको वासिंटन डिसीस्थित नेपाली दूतावासले जनाएको छ।
विदेशमन्त्री जोन केरीको कार्यालयमा भएको भेटघाटमा अमेरिकाले भूकम्पका कारण नेपालमा भएको क्षतीप्रति दुःख ब्यक्त गर्दै नेपालका लागि कुनैपनि सहयोग गर्न अमेरीका तयार रहेको दूतावासद्धारा जारी विज्ञप्तीमा जनाइएको छ।
त्यसैगरी दक्षिण एशियाली मुलुक हेर्ने विदेश सहायक मन्त्री निशा देसाई तथा नवनियुक्त राजदूत कार्कीबीच भएको अर्काे भेटघाटमा देसाई नेपाल भ्रमणमा जान लागेको अवगत गराइएको विज्ञप्तीमा जनाइएको छ।
‘विदेश सहायक मन्त्री देसाईले भूकम्पबाट भएको धनजनको क्षतिको विस्तृत विवरण,हालको अवस्थाको मूल्यांकन र नेपाल सरकारबाट भएका उद्धार,पुनर्स्थापना र पुननिर्माणका प्रयास बारे जानकारी लिन आफू छिट्टै नेपाल भ्रमणमा जान लागेको जानकारी गराएकी छन्।’
विदेश सहायक मन्त्री निशा देसाई नेपाल भ्रमणमा जाने






