काठमाडौं । नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनमा राखिएको राखिएको पूर्वराजाको श्रीपेच चोर्न खोज्ने एकजना पक्राउ परेका छन् ।
दरबार संग्राहलयमा अवलोकनमा गएका रुकुमको मुसिकोट घर भएका मबहादुर घर्तीलाई पक्राउ गरिएको हो । उनले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउन प्रयास समेत गरेका थिए ।
संग्रहालयको अरू ठाउँको अवलोकन गरेपछि श्रीपेच भएको कक्षमा रुकुम पश्चिम मुसिकोट–११ का खीमबहादुर दायाँ छेउमा भएको खुकुरी भएको सिसा फुटाए । खुकुरी झिकेर ‘म राजा बन्छु’ भन्दै श्रीपेच भएको ठाउँमा जान लाग्दा सुरक्षाका लागि खटिएका नेपाली सेनाका सुरक्षा गार्ड र संग्रहालयका कर्मचारीले नियन्त्रणमा लिएको जनाइएको छ ।
श्रीपेच बुलेट प्रुफ सिसाभित्र छ, तर एक युवकले कोठाभित्र सोकेसमा राखिएको खुकुरी झिकेर श्रीपेच निकाल्न प्रयास गरेको देखिन्छ,’ संग्रहालयका प्रवक्ता बुद्धि गुरुङले भने,’श्रीपेचसहित श्रीपेच संरक्षणमा राखिएका सबै सिसा सुरक्षित छन् ।’
यसबारे अनुसन्धान शुरु भएको संग्राहलयले बताएको छ ।






