भूकम्पमा ज्यान गुमाउनेको संख्या ५६

सिन्धुपाल्चोक र दोलखाको सिमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज ६ दशमलव ८ म्याग्निच्यूडको पराकम्प गएको छ । दिउसो १२ बजेर ५० मिनेटमा सो पराकम्प गएको हो । आजको पराकम्पले मुलुकका विभिन्न स्थानमा थप जनधनको क्षती भएको छ । आजको भूकम्पकबाट मृत्यु हुनेको संख्या ५६पुगेको छ । सबैभन्दा बढी दोलखामा ३३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी सिन्धुपाल्चोकमा ९ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी रामेछापमा ३ जनाले ज्यान गुमाएका छन् । भूकम्पले सिन्धुलीमा २ जनाको ज्यान गएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौ‍ उपत्यकामा ५ जनाको मृत्यु भएको छ।
सुनसरीमा एकजनाको भूकम्पमा ज्यान गएको खबर छ । त्यसैगरी धनुषा, रौतहट, सर्लाही र गोरखामा पनि एक एक जनाले ज्यान गुमाएका छन् ।
भूकम्पबाट अहिलेसम्म ११ सय जना घाइते भइसकेको गृहमन्त्रालयले जानकारी दिएको छ ।