लण्डन । बेलायतको नेपाली समुदायका अब्बल समाजसेवी, बाँचौ र बचाऔँ अभियानका संयोजक तथा नेपाली वेयलफेयर सोसाइटी यूकेका अध्यक्ष धन बहादुर सार्कीलाई मातृशोक परेको छ ।
सार्कीको आमा हीरा कुमारी सार्कीको ७८ बर्षको उमेरमा १९ अगष्टमा मृत्यु भएको हो ।
नेपालको भरतपुर स्थित चितवन मेडिकल कलेजमा उनको उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएके छ।
उनी गोर्खा जिल्ला थुमिमा जन्म भई, २०२० साल देखि चितवनको भरतपुर महानगरपालिका २१ पार्वतीपुर बजार टोल समिति बस्दै आएकी थिइन् ।

नेपालको भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएकोछ । उनी गोर्खा जिल्ला थुमिमा जन्म भई, २०२० साल देखि चितवनको भरतपुर महानगरपालिका २१ पार्वतीपुर बजार टोल समिति बस्दै आएकी थिइन् ।
धनबहादुर उनका एक्ला छोरा हुन् भने उनका ३ छोरीहरु छन् । त्यस्तै ३ नाती र ४ नातीनी छन् । धन बहादुर सार्कीले बेलायतमा रहेका नेपाल र नेपालीको हकहीतको निम्ती लामो समयदेखि काम गर्दै आएका छन् । आफू बाचुन्जेल समाजकै लागि बााँचनुपर्ने उनको भनाइ छ ।त्यस्तै सल्लाहकार गोपाल रोकाले पनि गहिरो दुःख प्रकट गरेका छन् ।
संस्थाका अध्यक्षकी माताको निधनप्रति नेपाली वेयलफेयर सोसाइटी मर्माहत भएको छ । एक विज्ञप्ति मार्फत संस्थाले उनको निधनले संस्था निकै मर्माहत भएको भन्दै दिवंगत आत्माको चिर शान्ति र बैकुण्ठबासको कामना गरेका छन् ।
यसै बीच नेपाली वेयलफेयर सोसाइटी यूकेका अध्यक्ष तथा बाँचौ र बचाऔँ अभियानका संयोजक धन बहादुर सार्कीकी ममतामयी माता हीरा कुमारी सार्कीको दुःखद निधनमा बेलायत स्थित विभिन्न नेपाली संघसंस्थाहरुले पनि शोक प्रकट गरेका छ्न ।






