लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको निर्वाचनमा बेलायत निवासी बिनय अधिकारीले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
अधिकारीले विश्वभर रहेका नेपालीहरुकै सुझावको आधारमा महासचिवमा उम्मेदवारी घोषणा गरेको बताए ।
यसअघि अधिकारी महासचिवको लागि योग्य भएको र संस्थालाई आवश्यक पर्ने भन्दै उम्मेदवारी दिन चौर्तफी आवाज उठिरहेको थियो । अधिकारीले सबैको सल्लाह र सुझावको आधारमा महासचिवमा उम्मेदवारी घोषणा गरिएको बताए ।
बेलायतमा रहेर विभिन्न पेशा ब्यवसाय तथा सामाजिक सेवामा सक्रिय अधिकारी हाल ग्लोबल गोरखा समाजको अध्यक्ष समेत रहेका छन् ।
त्यस्तै एनआरएनएन नवौ महाधिवेशनमा कुनै गुट उपगुटमा नलगाीकन स्वतन्त्र रुपमा उम्मेदवार भएर अधिकारीले लोकप्रिय मत ल्याएर उपविजेता बनेका थिए । उनको मतलाई अग्रजहरु एनआरएनएका पूर्व अध्यक्षहरु जीवा लामिछाने, भवन भट्ट, शेष घले धर्मपत्नी जमुना गुरुगं, कुमार पन्त लगायत विभिन्न तह तप्काका ब्यक्तीहरुले समेत प्रशंसा गरेका थिए ।
आइटी ब्यवसायी समेत रहेका अधिकारीको नेपालमा शिक्षा, स्वास्थ्य र हाइड्रो क्षेत्रमा लगानी छ । विशेष गरि कलेज क्षेत्रमा आफ्नो लगानी धेरै गरेका छन् । अधिकारी आर्थिक हिसावले समेत सफल ब्यवसायीको रुपमा चिनिन्छन् । सबल र पारदर्शी एनआरएनएका लागि दुरदर्शी नेतृत्व र समावेशी प्रतिनिधित्वको पक्षमा आवाज उठाउदै आएका अधिकारी नेपाल बाहिर रहेका नेपालीका साझा सबाल र मुद्दामा सचेत मात्रै नभई वकालतमा निकै अगाडि छन् ।
डेढ दशकदेखि प्रवासमा रही विभिन्न संघ संस्था तथा सामाजिक अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेका अधिकारी एनआरएनए युकेमा मात्र नभई केन्द्रीय कार्यसमितिमा समेत उर्जाशिल युवाको रुपमा परिचित छन् ।
गैर आवासीय नेपालीका समस्या तथा वीरता र साहशको पर्यायका रुपमा विश्वविख्यात ब्रिटिश भूपू गोर्खा सैनिकले ब्यहोर्नु परेको पीडाबारे आफ्नो कार्यकालमा निरन्तर आवाज उठाउदै आएका अधिकारी विश्वभर रहेका नेपाली र उनीहरुले भोग्नुपरेका समस्या र कठिनाईबारे पनि जानकार छन् ।
सन २०१३ बाट एनआरएनए अभियानमा होमीएर सन २०१७–१९ सम्म एनआरएनए युकेमा उपमहासचिव पदमा रहनुभएका अधिकारी सफल प्रेरणादायी ब्यक्ति रहेको आम एनआरएनएका सदस्यहरुको बुझाइ छ ।
डेढ दशक लामो प्रवास बसाई र त्यसक्रममा सिके भोगेका अनुभवलाई नेपालसँग जोडने लक्ष्य लिएका अधिकारी पत्रकारितासँगै सामाजिक अभियन्ता पनि हुन् ।
उन सन २०१५ देखि ग्लोबल गोरखा समाजमा आवद्ध छन् । हाल अध्यक्ष रहेका अधिकारीले कोभिड १९ को महामारीमा नेपालमा महत्वपूर्ण भूमीका निर्वाह गरेका छन् ।
गोरखा जिल्लामा अधिकारीको नेतृत्वमा ग्लोबल गोरखा समाजले १ स्वास्थ्य चौकी, १ अक्सिजन कन्सनट्रेटर, १ प्राथमिक उपचार केन्द्र २ अक्सिजन कन्सनट्रेटर र १ हस्पिटल ४ अक्सिजन कन्सनट्रेटर उपलब्ध गराउने उद्देश्यका साथ १ अक्सिजन कन्सनट्रेटर २ जीवनदान अभियान सञ्चालन गरेको थियो । जसमा करोडौं वरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।
त्यस्तै, चितवनको चेपागं बस्तीमा पनि अधिकारीको नेतृत्वमा बेलायतबाट रकम संकलन गरि कोरोनाको कारण भोकमरीको अवस्थामा रहेका चेपाङ्ग बस्तीलाई लाखौ रकम वरावरको राहत सामाग्री वितरण गरिएको थियो ।
गैर आवासीय नेपालीको नागरिकता, गैर आवासी नेपाली लगानी तथा ब्रिटिश भूपू गोर्खा सैनिकका सबालबारे बेलायतमा सम्पन्न महत्वपूर्ण कार्यक्रमको कुशल संयोजन गरेका अधिकारी नेतृत्व क्षमतामा पनि अब्बल मानिन्छन् ।
आफूले एनआरएनएमा देखिएको विकृति विसंगतीविरुद्ध लड्ने भन्दै त्यसको निम्ती महासविचमा अवसर दिन उनले आग्रह गरेका छन् ।






