लण्डनमा नर्सिङ एसोसियसन यूकेले भव्य’तीज’कार्यक्रम गर्दै

लण्डन । कोभिड महामारीमा अग्र भागमा खटिएका नर्सहरू सम्मान गर्दै नेप्लिज नर्स एसोसियसन यूकेको वार्षिकउत्सवको उपलक्ष्यमा तीज कार्यक्रम भव्यताका साथ मनाउने भएको छ ।गत बर्ष कोभिडको कारण घरघरमै तीज मनाउन बाध्य भएका नेपालीहरुले यसपटक यूकेमा लकडाउन खुला गरिएको र महामारी पनि कमजोर अवस्थामा रहेको कारण उल्लासमय पूर्वक बनाउने तयारी गरेका हुन् ।

नेपाली नर्सिङ एशोसिएसन यूकेको आयोजनामा बार्षिकोत्सबको अवसरमा तीजगीत गाउने नाँच्ने, तथा दर खाने कार्यक्रम आयोजना गरिएको एसोसियसनकी अध्यक्ष सुनिता गौतमले लण्डन नेपाल न्यूजलाई बताइन् ।

ग्रिनवीच पार्क लण्डनमा हुने उक्त दरखाने तथा उत्सव कार्यक्रम २१ अगष्ट दिउँसो १२ देखि १७ बजेसम्म राखिएको छ । एनएनएयूकेकी अध्यक्ष गौतमले संस्थामा रहेका सबै नेपाली नर्सहरुलाई उक्त कार्यक्रमको व्यवस्थापनको निम्ती खटिन आग्रह गरिन् ।

बेलायतमा रहेका सबै नेपाली दिदी बहिनीहरुलाई पनि उक्त तीज विशेष कार्यक्रममा उपस्थिती जनाउन र रमाइलो गर्न उनले आह्वान गरिन् ।

संपर्क गर्न अनुरोध- स्थान : Greenwich Park London मिति : 21 अगस्त 2021 समय: 1200 देखि 1700 बजे सम्म। Contact 07500903387 07578982468 nepalesenurses@gmail.com Facebook : Nepalese Nursing Association (charity organisation)