काठमाडौँ । नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको मृगौला प्रत्यारोपण गरिएको छ ।
एक महिना अघि भारतको ओपोलो अस्पतालमा उपचारको लागि भर्ना भएका उनको त्यही मृगौला प्रत्यारोपण गरिएको हो ।
उनका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार डा. सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले खनालको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको हो । सचिवालयका अनुसार केही समय अस्पतालमा रही स्वास्थ्य अवस्था सामान्य भएपछि नेपाल फर्कने छन् ।
उनको सचिवालयले जारी गरेको विज्ञप्ती
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यू केहि समय अघिदेखि Dr. Akhil Mishra को निगरानी तथा नेतृत्वमा Apollo Hospital, Delhi, India मा उपचाररत रहनुभएकोमा आज Dr. Sandeep Guleria को सर्जरी टिमले वहाँको मृगौला प्रत्यारोपण सफलता पुर्वक सम्पन्न गरेको छ । अब वहाँ केहि समय अस्पतालमै रहि आराम गर्नुहुनेछ र स्वास्थ्य स्थिती सामान्य भए पश्चात नेपाल फर्किनु हुनेछ । यस बिचमा वहाँको स्वास्थ्यप्रति चासो र चिन्ता राख्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीज्यूको पूर्ण स्वास्थ्यलाभको कामना
सहित यो जानकारी सम्प्रेषण गर्दछौ ।






