
नेता थापाले सरकारले दुई खर्ब रूपैयाँको राष्ट्रिय पुननिर्माण कोष बनाउने भनेकोमा सो कोषलाई कम्तिमा रु १० खर्बको बनाउनुपर्नेमा जोड दिए ।
उनले अन्तर्राष्ट्रिय निकायसँग टेन्ट, खाद्यान्नलगायतका तात्कालिक उद्धार र राहतका सामग्रीका लागि नभई १० खर्ब रुपैयाँको पुनःनिर्माण कोषका लागि सहयोग गर्न अपिल पनि गरेको छ ।
’यतिबेला भूकम्प प्रभावित क्षेत्रमा अस्थायी बसोबासका तीन लाखभन्दा बढी परिवारलाई टेन्टको आवश्यकता परेको छ, तर, सरकारले आजसम्म करिव २४ हजार टेन्ट मात्र वितरण गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।






