उलवीचमा प्रार्थनासभा हुदै :

ray for nepal

शिब भण्डारी,

लन्डन ,नेपालमा भूकम्पका कारण ज्यान गुमाउनेहरुको स्मृतिमा बेलायतको उलवीच स्क्वायरमा प्रार्थनासभा हुने भएको छ । ग्रीनवीचस्थित सम्पूर्ण नेपाली समाजको सक्रियतामा आगामी ३ मे सांझ ६ बजे उलवीच टाउन सेन्टर, उलवीच स्क्वायरमा कार्यक्रम हुन लागेको स्मृतिसभाका लागि ग्रीनवीच बरो काउन्सिलबाट अनुमति प्राप्त भइसकेको ,कार्यक्रम व्यवस्थापनमा बयस्त गुल्मी जिल्ला समाज युकेका उपादक्ष्य विनोद ज्ञवाली ,सल्लाकर फत्त थापा र अनुथ प्रसाईंले जनाए ।

मातृभूमि रुंदा प्रवासमा बस्ने हामी समस्त नेपालीको मन रोएको छ ,नेपालमा आएको बिनासकारी भूकम्पका कारण यतिबेला विश्व नै स्तब्ध भएको छ| हजारौं जिवित आत्माहरु भग्न पर्खालभित्र जिवनको भिख माग्दै छट्पटिन बाध्य छन् । लाखौं मानिस खुल्ला आकासमुनि संत्रस्त जीवन बाँच्न बाध्य भएका छन् । निर्दयी महाभूकम्पले शुन्दरतम् शहर र तरेली परेका सुन्दर गाउँवस्तीहरु क्षणभरमा खण्डहर बनाइदिएको छ । यो पीडाले हाम्रो मातृभूमि आज रोइरहेको छ ,हामी मृतात्माहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौं’, आयोजकले  भने|

आयोजकले कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् । कार्यक्रममा सहभागीले ‘प्रे फर नेपाल’, ‘हाम्रो नेपाल हाम्रो देश प्राण भन्दा प्यारो छ’, त्यस्तै ‘रातो र चन्द्र सूर्य’, ‘म मरेपनि मेरो देश बांचिरहोस्’ जस्ता ,राष्ट्रिय भावनाले ओतप्रोत गीत सहभागी सबैले स्वरमा स्वर मिलाएर एकसाथ नारा घन्काउनेछन् ।ज्ञवालीका अनुसार, मृतकहरुको सम्झनामा मौनधारण गरि दिवंगतहरुप्रति श्रद्धाञ्जली अर्पणका क्रममा नेपालको राष्ट्रीय झण्डा आधा झुकाइने छ । करिब डेढ घण्टा चल्ने कार्यक्रममा सहभागी सबैलाई सम्भव भएसम्म नेपाली झण्डा ल्याउन आग्रह गरिएको छ|