राजदूत रेग्मीले दिए गणतन्त्र दिवसको शुभकामना

लण्डन । बेलायतस्थित नेपाली राजदूतावासका राजदूत लोकदर्शन रेग्मीले गणतन्त्र दिवसको अवसरमा सबै नेपालीमा शुभकामना दिएका छन् ।
‘१४औं गणतन्त्र दिवसको अवसरमा संयुक्त अधिराज्य, आयरल्याण्ड र माल्टाबासी समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गरेको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिएको छ । आजको दिन देश विदेशमा रहेका नेपाली संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरी दिवस मनाउँदै छन् ।