लण्डन । बेलायतमा यसपटकको बुद्धजयन्ती पनि कोरोनाभाइरस महामारीको कारण प्रभावित भएको छ । बेलायतस्थित बुद्ध फाउण्डेशनले महामारीले निम्त्याएको आक्रान्त अवस्थाको कारण यसपटकको बुद्धजयन्ती कार्यक्रम पनि भर्चुअल रुपमै शुभकामना साटासाट गरेर मनाउन लागेको हो । २०१९ सम्म लण्डनको केन्द्र भाग ट्राफालगर स्क्वायरमा बुद्धजयन्ती मनाइदै आइएको थियो ।
तर महामारीकै कारण गत वर्ष (२०२०ं) पनि कोरोनाका कारण बन्दाबन्दी भएपछि ट्राफालगर स्क्वायर लण्डनमा कार्यक्रम गर्न सकेको थिएन ।
फाउण्डेसनले अन्तर्रास्ट्रिय स्तरमा नेपाली दूताबास बेलायतको समेत सहभागितामा बुद्धजयन्ती मनाउँदै आएको थियो ।
तर लगातार दोस्रो बर्ष महामारीको कारण कार्यक्रम प्रभावित भएको फाउण्डेशनका अधयक्ष दिपक श्रेष्ठले बताए । ‘गत बर्ष पनि महामारीको कारण भौतिक रुपमा उपस्थित भएर कार्यक्रम गर्न पाएनौँ,’ उनले भने, ‘यसपटकको पनि अवस्था सामान्य हुन सकेन्, त्यैसैले भर्चुअल रुपमै कार्यक्रम गर्ने सोचेका छौँ ।’
संस्थाले यसपटक २५६५ औं बुद्धजयन्तीको अवसरमा शुभकामना सन्देश दिदै कोभिड १९ माहामारीबाट सम्पूर्ण मानव जगतले मुक्ति र विजय प्राप्त गरोस् भन्ने कामना ब्यक्त गरेको छ ।
कार्यक्रमहरु कोभिड १९ साम्य भएपछि पुनः सुचारु गरिने भन्दै अध्यक्ष श्रेष्ठले सबैलाई सचेत र सुरक्षित भई रहन आग्रह समेत गरे ।
यसपटक हामीले विश्व शान्तिको कामना गर्दै भर्चुअल माध्यमबाट बुद्ध जयन्ती २०२१ को शुभकामना ब्यक्त गर्ने कार्यक्रम आयोजना गरेको फाउण्डेसनले जनाएको छ । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्यमा आगामी आईतबार ३० मे २०२१ दिनको ११ बजे सो कार्यक्रम आयोजना गरिएको छ ।
उक्त अवसरमा सबै अतिथिहरुलाई जुम प्रविधि मार्फत सहभागि गराएर शुभकामना साटासाट गरिने फाउण्डेशनको योजना रहेको छ ।






