सिन्धुपाल्चोकमा भूकम्प पीडितका लागि राहत सामाग्री लिएरै जाँदै गर्दा बाटोमै प्रमुख जिल्ला अधिकारी (सिडियो), स्थानीय विकास अधिकारी (एलडियो)लाई रातभर भूकम्प पीडितहरुले नियन्त्रणमा लिएका छन् ।
सिडिओ कृष्णप्रसाद ज्ञवाली, एलडिओ युवराज कट्टेल, कर्नल सुरेशकुमार कार्की र एकीकृत नेकपा मााओवादीका नेता अग्नी सापकोटालाई साँगा चौक जलबिरेमा रातभर नियन्त्रणमा लिएर उनीहरुले राहत बाढ्न लगेको सामाग्री समेत खोसेका छन् ।
सिन्धुपाल्चोकका विस्थापितलाई वितरण गर्न लिएर गएका चार सय थान त्रिपाल, चाउचाउ, विस्कुटलगायत राहत सामाग्रीहरु बिचबाटोमै लुटिएको हो। जलबिरेका भूकम्प पीडितहरुले बिहीबार राति नियन्त्रणमा लिएर उनीहरुलाई शुक्रबार बिहान मात्र छोडेका थिए।







