लण्डन ।बेलायतमा लकडाउन खुल्दै गर्दा मिडल्याण्डका युवापुस्ताहरुलाई ब्याटीँग र बलिंगको लागी मैदानमा आव्हान गर्दै “गोल्डन एभरेष्ट मिडल्याण्ड क्रीकेट लीग” ले खेल सुरु गर्न लागेको छ । महामहिम राजदुत डा. दुर्गा बहादुरले ६ अप्रिल २०१९ र सुवेदी बाट एक बिशेष समारोहको आयोजनामा यो सुरू भएको हो ।
मिडल्याण्डबासी र नेपालीहरु र पूरै युकेमा रहने नेपालीहरूका लागि यो आकर्षक बनेको छ । यो लीगको दोस्रो संस्करण आगामी २३ मे २०२१ बाट सुरु हुदै छ ।
लीगमा यस पटक नोटीइघम, बर्मिङ्हम, लेस्टर, ग्रान्थाम र पीटरब्रो गरि ४ टीमले भाग लीने भएका छन् ।
यो लीग करीब ३ महिना सम्म चन्ले छ भने जम्मा २६ खेल खेलीनेछ । कोभीड महामारीका कारण औपचारिक उद्घघाटन कार्यक्रम भने नहुने जनाइएको छ ।
खेलको अन्तिम चारणमा भने एक भव्य कार्यक्रम गरी महामहीम राजदूतबाट समापन गरीने नोतीइघम टीमका पुर्ब कप्तान तथा नोटीइघम समाज का अध्यक्ष दीपक सापकोटाले बताउनुभयो ।
त्यसैगरि गरि एनआरएन यूके अध्यक्ष पदका प्रत्याशी प्रेम गाह मगरले यस्ता खाले प्रतियोगितालाई प्रथामीकता र प्रोत्साहन गर्दै आएकोमा यसपटक पनि ५०१ पाउन्ड सहयोग प्रदान गर्नु भएको छ ।
खेलाडीहरुको हौसला बढाउदै नयाँ पुस्तालाई सँधै साथ दिनुहने प्रेम गाहा मगर प्रती हमेशा आभारी रहेको पुर्ब क्याप्टन दिपक सापकोटाले व्यक्त गरे । खेलाडीहरुको मनोबल र हौसला बलियो बनाउन सहयोग गर्न चाहेमा यो लिगले गर्ने जनाइएको छ ।






