नेपालमा हजारौंको ज्यान जाने गरी आएको बिनासकारी भूकम्पबाट मातृभूमी राष्ट्रिय शोकमा रहेका बेला गैरआवासीय नेपालीहरुले सहयोगका लागि अग्रसरता देखाएका छन् ।गैरआवासीय नेपाली संघको आह्वानमा संसारभर रहेका गैरआवासीय नेपालीहरुले करिव १२ करोड ३७ लाख ४४ हजार २ सय ३७ र ६७ पैसा संकलन भएको छ ।यो रकम विभिन्न मुलुकमा रहेका एनआरएनए का एनसीसी तथा उसमा आवद्द सदस्यहरुले जम्मा गराएका हुन् । एनआरएनए आइसीसी महासचिव कुमार पन्तले फेसबुकमा सार्वजनिक गरेको सहयोगीको सुचिमा सबैभन्दा बढी एनसीसी अमेरिकाका तर्फबाट २ करोड रुपिया छ भने त्यसपछि बेलायत एनसीसीले १ करोड ७ लाख सहयोग जम्मा गरेको उल्लेख छ |महासचिव पन्तले सहयोग संकलनको अभियान अझै जारि रहेको बताउदै यसलाई अझै तिब्र बनाउन आव्हान गरेका छन् ।
सहयोगीको सुचि:








