बेलायतको अल्डरसटमा अर्घाखाँचीका जीव बेल्वासे काउन्सिलरमा विजयी

लन्डन। नेपालीहरुको उल्लेख्य बसोबास रहेको बेलायतको अल्डरसटमा अर्घाखाँचीका जीव बेल्वासे काउन्सिलरमा विजयी भएका छन् ।

ग्रेटर रश्मोर नेपाली कम्युनिटीका पूर्व अध्यक्ष बेल्वासे कञ्जरभेटिभ पार्टीबाट काउन्सिलर पदमा ५ सय ८७ मत प्राप्त गर्दै विजयी बनेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी लेबर पार्टीका उम्मेदवारले मात्र ४ सय २  मत प्राप्त गरे । बिहीबार सम्पन्न निर्वाचनको नतिजा शुक्रबार साँझ घोषणा भएको हो ।

बेल्वासे उम्मेदवार  रहेको वडामा पोस्टल र प्रत्यक्ष गरी जम्मा १ हजार ७९ मत खसेको थियो ।

काउन्सिलर निर्वाचित बेल्वासेले लामो समयदेखि रश्मोर क्षेत्रमा स्थानीय नेपाली र बेलायती समुदायसंग नजिक रहेर काम गर्दै आएका छन् ।