गुल्मी जिल्ला समाज यूकेको साधारणसभा सम्पन्न :

केशव भण्डारी

लण्डन

गुल्मी जिल्ला समाज यूकेको नवौं साधारणसभा गत अप्रिल २६ तारिख आइतबार सम्पन्न भयो । समाजका अध्यक्ष अर्जुन गौतम र संस्थापक अध्यक्ष ओमप्रसाद थापाले पानसमा दिप प्रज्वलन गरी लण्डनको सिभिल इन्जिनियर वार एन्ड रेस्टुरेन्टमा उक्त साधारणसभाको उद्घाटन गर्नु भएको हो ।

19728_376991089175630_2413513699084202938_n[1]

अध्यक्ष गौतमको सभापतित्वमा सम्पन्न साधारणसभामा उपाध्यक्ष केशव भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव राम गलामी र सचिव शिव भण्डारीले गर्नुभएको थियो । साधारणसभाले महाभूकम्पले नेपालमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भूकम्प पीडितको सहयोगको लागि तत्काल एक हजार पाउण्ड उपलब्ध गराउने र समाजका सदस्य तथा अन्यबाट सहयोग रकम सकलन गर्ने निर्णय गरेको छ। साधारणसभाले महासचिव गलामीको गतवर्षको प्रगति विवरण प्रतिवेदन र कोषाध्यक्ष टोप पल्लीको आर्थिक प्रतिवेदनलाई अनुमोदन गरयो ।

11175054_376992695842136_2058853967355041117_n[1]

साधारणसभामा संस्थापक अधयक्ष एवम् प्रथम नौमति वाजा गुल्मी यूकेका प्रमुख संयोजक ओमप्रसाद थापाले नौमति बाजाको गतिविधिबारे जानकारी गराउनु भएको थियो । समाजको विधान संशोधनसम्बन्धी प्रस्ताव उपाध्यक्ष केशव भण्डारीले प्रस्तुत गर्नुभएको थियो । राम सापकोटा, शिब भण्डारी, कमल भण्डारीबाट गुल्मीमा सहयोग स्वरुप उपलब्ध गराइएका चारवटा एम्बुलेन्स र अन्य सहयोग गतिविधिबारे साधारणसभालाई जानकारी गराइएको थियो ।11204901_376991169175622_6555989967596714624_n[1]

सभामा गुल्मी जिल्ला समाजका पदाधिकारी भाव विव्हल देखिन्थे । मातृभूमि नेपालमा अत्यन्त विनाशकारी भूकम्पको समाचारले गुल्मी जिल्ला समाज युके अत्यन्त मर्माहित छ । सभामा यस दुखद घडिमा इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनि एक मिनेट मौन धारण सहित गुल्मी जिल्ला समाज यूकेको वार्षिक साधारण सम्पन्न गरिएको थियो । समाजका महासचिव राम गलामीले समाजको तर्फबाट नेपाल पठाउन राहत संकलन कार्य सुरु गरि तत्काल पठाउनेमा जोड दिइएको बताए ।

11196232_376990945842311_3181121361406632194_n[1]

साधारणसभामा समाजका उपाध्यक्षद्वय विनोद ज्ञवाली, ओम गुरुङलगायत सल्लाहकारहरु मोति भण्डारी, पशुपति भण्डारी, कमल भण्डारी, शंकर भण्डारी, राजेन्द्र श्रेष्ठ, मीन दर्लामी, गोकर्ण वस्नेत, वीनप्रसाद भुजेल, क्याप्टेन रामबहादुर वेगा, डासु पाण्डे, रोम नाथ पाण्डे, तारा भण्डारी  लगायत अन्य थुप्रै सदस्यहरुको पनि उपस्थिति थियो ।11198585_10204125190678864_1323209357_n[1]