सिड्नी । सिड्नीको साउथ वेस्टमा रहेका नेपाली कांग्रेसप्रति आस्थावान प्रवासी नेपालीहरुले आगामी दिनमा एकै ढिक्का भएर अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् ।
पछिल्ला केहि वर्षमा नेपालीहरुको बसोवासका लागि लोकप्रिय रोजाईमा पर्दै आएको सिड्नी साउथवेस्टका लोकतन्त्रप्रति आस्थावान युवाहरुले गत साता क्याम्पबलटाउनमा एक भेलाको आयोजना गरि विगतका तिता अनुभवहरुलाई विर्सेर आगामी दिनमा एकैभएर जाने संकल्प गरेका हुन् । सिड्नी स्थित क्यम्बेलटाउन स्थानिय गामघर रेष्टुेन्टमा आयोजित भेलामा पार्टीको विभिन्न तह र तप्काका पदाधिकारी देखि एनआरएनए अभियन्ता र समुदायका अगुवाहरुको उपस्थिति रहेको भेला आयोजक मध्यका एक सन्चारकर्मी प्रकाश हुमागाईले बताए ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय जनसम्पर्क समन्वय समितिका सदस्य सुजित सिंहले संसारको जुनसुकै कुनामा पुगे पनि आफ्नो राजनीतिक आस्थालाई दरिलो बनाउन प्रजातान्त्रिक शक्तिहरु एक हुनुपर्ने अहिलेको टड्कारो परिस्थितिमा साउथ वेस्टबासीले देखाएको एकताले नयाँ आयाम थपेकोमा खुसी ब्यक्त गरेका थिए ।
जनसम्पर्क समिति अष्ट्रेलियाका कार्यबाहक अध्यक्ष एवं प्रखर वक्ता आङछिरिंग शेर्पाले जातीय नश्लवाट उठेर प्रजातान्त्रिक भावनामा रहि एकताको सुत्रमा बाधिनु अहिलेको अपरिहार्य आवश्यकता भएकाले साउथवेस्टवासी विचारधाराका साथीहरु एउटै थलोमा उभिनु खुसीको कुरा भएको बताउदै यो एकतावाट सवैलाई उदाहरणीय सन्देश गएको बताए ।
एनआरएनए प्रवक्ता नन्द गुरुङले लामो समयदेखि आफुले साउथवेस्टका कांग्रेस समर्थित साथीहरुलाई एकैथलोमा एकजुट भएको देख्न चाहेको र अहिले त्यसले पुर्णता पाएकोले आफु निक्कै हर्षित भएको बताउदै आयोजकलाई धन्यवाद दिएका थिए ।
नेपाली कांगेस महासमिति सदस्य कन्चन पोखरेलले पार्टीेप्रति प्रतिवद्ध साथीहरुवीचको यो छलफलले आगामी दिनमा पार्टी संगठनलाई प्रवासको भूमिमा मजबुत बनाउने बताउदै विगतका कमी कमजारीलाई भुलेर आगामी दिनमा रणनीतिक वाटो पहिल्याउन यो भेला कोशेढुंगो सावित हुने तर्क गरे ।

सामाजिक अगुवा भूपाल सिटौलाले तीता अनुभवहरुवाट पाठ सिकेर निष्ठा र इमान्दारीताका साथ एक भएर लाग्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । युवा नेता नगेन्द्र अधिकारीले केही वर्षदेखि नै साउथवेस्टका प्रजातान्त्रिक साथीहरुवीच हातेमालो गराउन प्रयास गर्दै आएको तर कहीकतै चुकेको भएपनि अहिले सवै एकैथलोवाट एउटै आवाज वोकेर अगाडी बढ्ने अभियानको सुरुवात भएकोमा खुसी ब्यक्त गरे ।
भेलामा बोल्दै अभियन्ता सुर्य गौतमले ब्यक्तिवादी चरित्रवाट माथि उठेर सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने अवस्थामा भएको यो भेलाले भावी दिनमा संगठन निर्माण, विस्तार र पहुचका लागि काम गर्नुपर्ने वताउनुभयो । अर्का सहभागि कृष्ण चापागाईले साउथवेस्टवासी डेमोक्रेटवीच भएको यो छलफलले आफुलाई निक्कै उत्साहित वनाएको र भावी दिनमा यस्ता कार्यक्रमले निरन्तरता पाउने आशा ब्यक्त गरे ।
कार्यक्रममा पर्शुराम अधिकारी, सुर्यभक्त खनाल, डा देवेन्द्र सापकोटा,क्षितिज कार्की, हरिभक्त अधिकारी,हिरा कँडेल,हरिकृष्ण अधिकारी,प्रज्जवल भट्टराई, दिपेश चिलवाल, अर्जुन तिम्लसीना, प्रमोद धिताल,विक्रम शेरचन, प्रकाश लामिछाने, रमेश अधिकारी,दिनेश खनाल, गोपाल सुवेदी, नारायण पाण्डे, राजन गुरुंग लगायतको उपस्थिति थियो ।
भेलाले भावी दिनमा साउथ वेस्ट क्षेत्रका प्रजातान्त्रिक पक्षधरहरुलाई समेट्ने गरि विभिन्न कार्यक्रम गर्ने र संगठनलाई दरिलो बनाएर लैजाने उद्धेश्यले सुर्यभक्त खनालको संयोजकत्वमा दिपेश चिलवाल, विक्रम शेरचन, नारायण पाण्डे र अर्जुन तिम्लसीना सम्मिलित तदर्थ समिति गठन गरिएको जनाएको छ ।






