युके बस्ने चिरुवाबासीको सहयोगमा बाल्कान गोल्ड कप फुट्बल सम्पन्न

स्यागंजा-पुताली बजार नगरपालिका वार्ड नंबर २ चिरूवा गाऊँमा प्रत्येक बर्ष हुने चैत्रे दसैंको बेला बल्कान गोल्ड कप फुट्सल भब्यताका साथ सु-सम्पन भएको छ।

चिरूवा गाऊँ प्रतिस्थानका अधक्ष्य श्री यामराज गुरूंगका अनुसार बल्कान गोल्ड कपका मुख्य परिकल्पनाकार चिरूवा गाऊँका बरिष्ठ संरक्षक तथा स्यागंजा सहयोग समाज यू के का बर्तामान अधक्ष्य श्री सार्दा गुरूंग हुन। चिरूवा युवा समाजका अधक्ष्य तिलक थापाले बताए अनुसार उक्त प्रतियोगितामा जम्मा २२ टिमले प्रतिस्प्रर्धा गरेका थिए भने चिरुवा गाऊँको ६ टिमले पनी सहभागीत जनाएका थिए। सम्पुणं कार्यक्रम सौहार्दपूर्ण रुपमा सम्प्पन भएको थियो र कार्यक्रम समाजका महासचिब बिरसिंग गुरूंगले संचालन गर्नु भएको थियो।

२२ टिम बिच भएको घम्सा घम्सी खेल पछी फाईनल चैत्रे दसैंको दिनमा चिरूवा सेतो र भैसी गौडा बिच हुंदा खेलको १३औं मिनटमा चिरूवा सेतो टिमका स्ट्राइकारले रातो कार्ड पाए पछी मैदान छोडन बाध्य भएका थिए र यो पटकको बल्कन गोल्ड कप भैसी गौडाले हात पार्न सफल भएको थियो ।

प्रथम पुरस्कार रू ५०००० र दोस्रो पुरस्कार रू ३०००० अन्य पुरस्कार रू १०००० रहेका थियो भने मुख्य प्रायोजक बल्कन परीवार रूपा खडका हुनुहुन्थ्यो। दोस्रो प्रायोजकमा बल्कन परीवार अन्तर्गत कल्सेंदी परीवार थिए । खेलका उत्कृष्ट खेलाडी, धेरै गोल गर्ने खेलाडी, उत्कृष्ट गोल रक्षक र प्रतियोगिताभरी उत्कृष्ट अनुशासन कायम गर्ने टिमहरू लांई प्रदान गर्ने पुरूस्कार कल्सेदी परीवार स्वर्गिय-श्री राम बहादुर थापाका काहीला छोरा-बुहारी श्री मिन थापा पुनाम थापा (पुन) ले प्रदान गर्नु भएको थियो ।

पुरस्कार बितरण चिरूवा ज्यामिरेका- जिमुवाल मुखीया बल्कान परीवारका प्रमुख अभिभावक मेख बहादुर गुरूंगले गर्नु भएको थियो।