कार्यक्रमको दोस्रोसत्रमा नेपाल पत्रकार महासंघका नव निर्वाचित केन्द्रिय अध्यक्ष बिपुल पोख्रेल, केन्द्रिय महिला सचिब सृजना अर्याल , युके शाखाका अध्यक्ष नरेश खपांगी मगर , युकेकै वरिष्ठ उपाध्यक्ष श्याम लुइंटेल , बेल्जियम शाखाका अध्यक्ष ओम शर्मा , पत्रकारहरु बाचस्पती रेग्मी , खुशी लिम्बु , प्रेश युनियन बेलायतका उपाध्यक्ष एभरेस्ट गौतम लगायतले समेत ब्रिटिशखबरले सत्य र निष्पक्ष समाचार प्रकाशनका लागी शुभकामना दिएका थिए। बरिष्ठ पत्रकार भगीरथ योगीले कार्यक्रममा ब्यक्त अभिव्यक्ति सहितको एक रिपोर्ट प्रस्तुत गर्दै कार्यक्रमको औपचारिक समापन गरेका थिए। 
त्यसअघि एनआरएनएका युरोप उप-संयोजक शुक्र राज न्यौपाने , एनआरएनए पोर्चुगलका पूर्व अध्यक्ष कुबेर कार्की , एनआरएनए युकेका उपाध्यक्षहरु प्रेम गाहा मगर र नारायण कंडेल , इंग्ल्यान्ड राज्य समन्वय परिषद्का उपाध्यक्ष एलबीजेड गुरुङ ले समेत शुभकामना ब्यक्त गरेका थिए। कार्यक्रममा यती नेपाली एशोशिएशनका अध्यक्ष ध्रुब केसी ,तमुधी युकेका अध्यक्ष हितकाजी गुरुङ ,मगर संघ युकेका अध्यक्ष सुनिल राना,नेपाली वेलफेयर सोसाइटीका अध्यक्ष धन बहादुर सार्की, आदिबासी जनजाती महासंघका अध्यक्ष जंग सुनुवार, स्याङ्गजा समाजका अध्यक्ष शारदा गुरुङ र तमुधिं यूकेका सल्लाहकार तथा तमुधिं लण्डन इकाईका पूर्वअध्यक्ष समाजसेवी डेबिड गुरुङ लगायतका व्यक्ति हरुले समेत शुभकामना ब्यक्त गरेका थिए।
कार्यक्रममा नेपाली जनसम्पर्क समितीका कार्यबाहक अध्यक्ष महेश दाहाल , प्रबासी नेपाली मंचका अध्यक्ष राजेन्द्र पुडासैनीले शुभकामना ब्यक्त गरेका थिए भने समाजसेवीहरु शुरेश गौतम र शुरेशजंग शाह, तथा पहिलो नेपाली ब्यारिष्टर राजु थापाको पनि उपस्थिति रहेको थियो। नेपाल पत्रकार महासंघ युकेका महासचिब संजय कंडेल , सचिबद्वय शिब भण्डारी र डा जगन कार्कीले फेसबुक लाइभ लगायतका टेक्निकल सहयोग गरेका थिए।






