आकाश भण्डारी च्यापियन्स लिग अन्तर्गत क्वाटर फाईनलको पहिलो लेगमा घरेलु टोलि रियल मड्रिले लिभरपुललाई ३-१ गोलले पराजित गरेको छ ।
मड्रडिको घरेलु मैदान अल्फ्रेदो दि स्तेफानोमा भएको खेलमा रियल मड्रिको तर्फबाट भिनिसियस जुनियरले टोनिक्रसको पासलाई सदुपयोग गर्दै सत्ताईसौ मिनेटमा पहिलो गोल गरेका थिए ।
त्यस्तै मार्को एसिएन्सोले छत्तिसौ मिनेटमा गोल गर्दै मड्रिडको अग्रतालाई दोब्बर पारेका थिए । लिभरपुलका लागी महमद सल्लाहाले एकाउन्नौ मिनेटमा डिएगो जोटाको रिबाउन्स् बललाई गोलमा परिणत गरेका थिए ।
लुका मड्रिचको पासमा पौसठ्ठीऔ मिनेटमा भिनिसियसले नै ब्यक्तिगत दोस्रो तथा रियलको लागी तेस्रो गोल गर्दै मड्रिडको जित सुनिश्चित गरेका थिए । अब हुने लिगको दोस्रो खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा १४ अप्रिलमा हुनेछ ।
सेमिफाईनल पुग्नको लागी लिभरपुलाई ३-० को स्पष्ट जित चाहिने छ भने रियल मड्रिको लागी जित अथवा बराबरी आवश्यक पर्नेछ । उता आज नै भएको अर्को खेलमा ईङ्लिस क्लब म्यानचेस्टर सिटिले जर्मन क्लब बरुसियाडर्टमनलाई २-१ गोलले पराजित गरेको छ ।






