आयरल्याण्डमा आशिष प्रसाईले जिते उत्कृष्ट अर्वाड:(भिडियोसहित)

लण्डन । आयरल्याण्ड स्थित एक नेपाली किशोरले सानै उमेरमा उत्कष्ट अर्वाड हासिल पार्न सफल भएका छन्।

गैरआवासीय नेपाली संघ आयरल्याण्डका पूर्वअध्यक्ष तथा समाजसेवी गणेश प्रसाईका छोरा समेत रहेका आशिष प्रसाईले सानै उमेरमा उत्कृष्ट  अर्वाड हात पार्न सफल भएका हुन् ।

आयरल्याण्डको Fresh international film festival मा उनले निर्देशन गरेको छोटो फिल्म Ireland young film maker of the year 2021 को”RTE factual AWARD of for the best documentary” को उपाधी प्राप्त गर्न सफल भएका हुन् ।

अमेरिका, युरोप आयरल्याण्ड लगायत अन्तराष्ट्रिय प्रतिश्प्रर्धामा उत्रिएका आशिषले प्रथम स्थान प्राप्त गर्नु सबै नेपालीको लागि गौरबको कुरा रहेको एनआरएनए आयरल्याण्डका पूर्वअध्यक्ष राजन काफ्ले बताउँछन् ।

आयरल्याण्डमा बस्ने नेपाली समुदायहरु तथा आयरल्याण्डका विभिन्न समाचार संस्थाहरुले पनि उनको यो डकुमेन्ट्री फिल्मलाई अत्यन्तै मह्त्वका साथ प्रसारण गरिरहेका छन् । साथै बधाई तथा शुभकामना पनि दिइरहेका छन् । साथै नेपाली छोराले सानै उमेरमा हासिल गरेको यो सफलतालाई आयरल्याण्डस्थित विभिन्न नेपाली संघसस्थाहरुले पनि बधाई तथा अझ उच्च सफलताको कामना गरेका छन् ।

सन् २००४ मार्च ३ मा जन्मिएका आशिष सानैदेखि क्यामरा तथा छोटाखाले डकुमेन्ट्रीहरुमा विशेष चासो राख्ने गर्दथे । उनी हाल डब्लिनको Synge street secondary school मा कक्षा ८ मा अध्ययनरत छन् । सानैदेखि कुनै कुरामा पनि उत्सुकता राख्ने आशिष अत्यन्तै फरासिला र मेहनति पनि छन्।

लामो समयदेखि आयरल्याण्डमा रहेर एनआरएनए लगायतका विभिन्न सामाजिक संस्थामा रहेर नेपाल र नेपालीका लागि विशेष योगदान दिँदै आएका आशिषका बुवा गणेश प्रसाईले छोराले सानै उमेरमा हासिल गरेको सफलतामा खुसी व्यक्त गर्दै यो आफ्नो मात्र नभएर नेपाल र नेपालीकै लागि गर्व र खुसीको कुरा रहेको लन्डन नेपाल न्युजलाई बताए ।

हेर्नुहोस आशिषले बनाएको भिडियो सटमुभी :