नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा ५ जनाको उम्मेदवारी

लण्डन । नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समिति, २०७७ का अनुसार अध्यक्ष पदमा गजेन्द्रसिंह बुढाथोकी, दीपक पाठक, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेलको उम्मेदवारी परेको छ ।

वरिष्ठ उपाध्यक्षमा ध्रुव लम्साल, माधव नेपाल, रमेश विष्ट र रामजी दाहालको उम्मेदवारी दिएका छन् । त्यस्तै उपाध्यक्ष महिलातर्फ दाना सुवेदी र बाला अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै समावेशीतर्फको उपाध्यक्ष पदका लागि अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह, रेमबहादुर विश्वकर्मा, शीतलप्रसाद महतोले उम्मेदवारी दिएका छन् । त्यस्तै महासचिव पदका लागि बालकृष्ण बस्नेत, राजेश मिश्र, रोसन पुरी र सुवोध गौतमको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिका अनुसार उम्मेदवारको प्रकाशित नामावलीउपर दावी विरोधको समय चैत १७ गते दिउँसो १ बजेसम्मका लागि तोकिएको छ ।