Prince Philip discharged from hospital after four weeks of treatment, Photo: thenews.com.pk
लण्डन । रानी एलिजाबेथका पति एडिनबर्ग ड्यूक प्रिन्स फिलिपलाई चार हप्ता उपचार गरि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
९९ बर्षीय प्रिन्स फिलिपको स्वास्थ्यमा खराबी आएपछि १ फेब्रुअरीमा मुटुको उपचार गर्न किङ्ग एडवर्ड सातौं अस्पतालमा भर्ना भएका थिए । त्यसपछि उनी लन्डनको सेन्ट बार्थोलोम्यू अस्पतालमा भर्ना भए ।
करिब डेढ महिना पछि उनी विन्डसर क्यासल फर्किएका हुन् । अस्पतालबाट डिस्चार्ज भएपछि प्यालेसले एक वक्तव्य जारी गर्दै उपचार सफल भएको भन्दै उपचारमा संलग्न भएका स्वास्थ्यकर्मीलाई धन्यवाद समेत दिएका छन् ।

उनको जीवन हेरचाहमा संलग्न रहेका सबै स्टाफहरुलाई धन्यवाद दिदै दरवारले अन्य शुभचिन्तकप्रति पनि आभार व्यक्त गरेका छन् ।
राजकुमार तथा रानी बेलायतमा हालै लगाइएको लकडाउन विन्डर क्यासलमै केही स्टाफहरूसँग व्यतित गरेका थिए । ड्यूक अस्पतालमा रहँदा उनका छोराले भेट गरेका थिए ।
किंङ्ग एडवर्ड सातौं अस्पताल, लन्डनमा एक निजी क्लिनिक हो जसले धेरै अवसरहरूमा रानीको साथसाथै ड्यूक र अन्य वरिष्ठ रोयलहरूको उपचार गरेको छ।






