रवि लामिछानेले खोले नयाँ टिभी, मागे सबै नेपालीको आशिर्वाद

काठमाडौँ । न्यूज २४ मा सिधा कुरा जनतासँग कार्यक्रम छोडेर नयाँ यात्रामा निस्किएका रवि लामिछानेले ग्यालेक्सी टिभी सञ्चालनमा ल्याएका छन् ।

मंगलबार काठमाडौँमा एक कार्यक्रम गर्दै ‘गोर्खा मिडिया’ मार्फत ‘ग्यालेक्सी फोरके’ नामक टिभी सञ्चालन गर्न लागिएको घोषणा गरिएको हो । रवि लामिछाने म्यानेजिङ डाइरेक्टर रहेको उक्त मिडियाका अध्यक्ष जिबि राई तथा छबिलाल बञ्जाडे उपाध्यक्ष हुन् ।

नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको भन्दै लामिछानेले जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको बताए । उनले आफूले जनताको आवाजलाई हेडलाइन बनाउने प्रतिबद्धता ब्यक्त गर्दै उनले भने, ‘हामी यस टिभीमा केवल तपाईँहरुको आशिर्वाद चाहान्छौँ’ । आफू यहाँ म्यानेजिङ्ग डाइरेक्टर रहेपनि सामान्य सञ्चारकर्मी रहेको उनले बताए ।