बैतडीमा नेपाली कांग्रेसका नेता साउदमाथि नेकपा ओली समूहको आक्रमण

बैतडी । नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री एनपी साउदमाथि बैतडीमा आक्रमण भएको छ। बैतडीको डिलासैनी गाउँपालिकामा आयोजित आमसभामा सहभागी नेता साउदमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका हुन् ।

नेता साउदमाथि नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा मुकेश पालको नेतृत्वमा आएको समूहले आक्रमण गरेको जनाइएको छ ।

उक्त आक्रमणमा परी ३ जना घाइते भएका छन्। नेकपा ओली समुहका केन्द्रिय सदस्य सुरेन्द्रपाल सहीत १५–२० जनाको समुहले आक्रमण गरेको प्रेस युनियनका केन्द्रिय सदस्य हरीश भट्टले बताए। त्यसैगरी नेता साउदको पेटमा ढुङ्गा लागेको उनले जनाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताहरूको ढुङ्गा मुढापछि काँग्रेसको आमसभा बिथोलिएको थियो ।

ओली समूहका जिल्ला अध्यक्ष सुरेन्द्र पालको घर भएको स्थानमा कांग्रेसले कार्यक्रम गरेको थियो। ओली समूहका कार्यकर्ताले आफ्नो पकड एरियामा कार्यक्रम गरेको भनि आक्रमणमा उत्रिएको जनाइएको छ ।