सिन्धुपाल्चोकमा भूकम्पबाट एक हजार २१ जनाको मृत्यु

Rescue operation continuous on Monday

बनेपा, १४ वैशाख । सिन्धुपाल्चोकमा अहिलेसम्म भूकम्पबाट एक हजार २१ जनाको मृत्यु भएको छ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत उत्तम खनालले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताउनुभयो । उहाँले चौतारा बजारमा रहेका घाइतेहरूको उद्धार गर्न कठिनाई भइरहेको बताउनुभयो । सम्पर्क विहिन रहेको तातोपानी गाविसमा समेत घाइतेको उद्धारकार्यमा कठिनाई भइरहेको र चौतारा नगरपालिकासहित हगान, सेर्पाथाङ, नवलपुर, जलविरे, बाँसखर्क, गोल्छे, फुलपिङपट्टीलगायतका गाविसमा भूकम्पबाट ठूलो जनधनको क्षति भएको खनालले बताउनुभयो ।
उद्धारका लागि दुई वटा हेलिकप्टर प्रयोग भइरहेको छ उहाँले भन्नुभयो । उद्धारको कार्य ५० प्रतिशतमा मात्र पुरा भएको जानकारी दिँदै उहाँले चौतारा बजारमा रहेका अधिकाँश सरकारी कार्यालय पूर्ण रूपले क्षतिग्रस्त भएको जानकारी दिनुभयो ।