प्रवासी नेपाली एकता मंच यूकेले बृहत कार्यक्रम गर्ने तयारी

लण्डन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रवासस्थित संगठन, प्रवासी नेपाली एकता मंच युकेको सम्पन्न बैठकले विभिन्न निर्णय गर्दै बृहत कार्यक्रम गर्ने तयारी गरेको छ ।प्रवासी नेपाली एकता मंच युके राष्ट्रिय कार्यसमितिको कमिटिका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा बसकेो बैठले सो निर्णय गरेको हो ।

बैठकको मूल एजेन्डा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवास समन्वय समितिको निर्देशन बमोजीम नेपालमा भईरहेको प्रतिगमन बिरोधी आन्दोलन मा ऐक्यबद्दता जनाउदै बृहत कार्यक्रम को आयोजना गर्ने पूर्व सहमति बारे छलफल भयो। छलफल को क्रममा यस अधि पहिलो र दोश्रो चरण को आन्दोलन मा ऐक्यबद्दता जनाउदै प्रतिगमन बिरोधी बक्तव्य र भर्चुयल रूपमा बिरोध को कार्यक्रम सफल रहेको र अब तेश्रो चरणको आन्दोलन मा ऐक्यबद्दता जनाउन संसद बिघटनको असंवैधानिक कदम र लोकतन्त्र बिषयमा ०७ फेब्रुवरी २०२१ आईतवार का दिन अन्तरक्रिया को बृहत कार्यक्रम गर्ने निर्णय गरियो ।

अन्तरकृया कार्यक्रम लाई बेलायती नेपाली जनसमुदाय समक्ष समेत पुराउने उद्देश्य ले तर लक डाउनको बर्तमान स्थिति लाई समेत मध्य नज़र गर्दै भर्चुयल माध्यम बाट कार्यक्रम गर्ने र सो कार्यक्रम मा बेलायत स्थित नेपाली क़ानून विज्ञहरू, विज्ञहरू र नेपालका राजनितीक दलसंग आवद्द संगठन का नेताहरू समेतको सहभागिता गराउने निर्णय भएको छ। अन्तरकृया कार्यक्रम मा हाम्रो संगठन मा आवद्द सबै सदस्यहरूको सक्रिय सहभागिता रहनेछ साथै अन्य संगठन हरू को समेत उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ । यसै गरी संभव भए सम्म आगामी शनिवार का दिन नेपाल स्थित क़ानूनविदहरू संग पनि भर्चुयल माध्यम बाट छलफल गर्ने निर्णय भएको छ। संगठन बिस्तार गर्न र बर्तमान अबस्थामा पार्टीका संगठनात्मक क्रियाकलापहरू अरू शसक्त ढंगले अघि बढाउन सल्लाहकार समिति, सचिवालय र संगठनको बिभिन्न तहमा कमिटी गठन र पुनर्गठनको लागि विधी पद्दती र प्रकृया अनुसार नामहरू आगामी बैठक मा छलफल का लागी पेश गर्न अध्यक्ष र सचिव लाई ज़िम्मा दिने समेत निर्णय भएको छ। साथै, नेपालमा पार्टी बिभाजनको असरले बेलायतमा पनि केही कमरेडहरूको गतिविधि संगठन को हीत बिरूद्द गुटबंदीमा कृयाशिल रहेको सुचना र उजुरी पाईएकोले सो बारे यथार्थ बुझी अर्कों बैठक मा छलफल गर्ने निर्णय भएको छ ।

बैठकले नेपालको बिध्यार्थी आन्दोलनका नेता, तथा २०३६ सालका अमृत साईन्स कलेज स्वबियूका सभापति डा. चन्द्र लक्सम्बाको दुःखद निधन प्रति हार्दिक श्रध्दान्जली अर्पण गर्दै परिवारजनमा समबेदना प्रकट गर्ने निर्णय समेत गरेको छ। नेपालको कम्युनिस्ट आन्दोलन र लोकतंत्र माथी संकट आएको चुनौतीपूर्ण घडीमा पार्टी कार्यकर्ता, समर्थक र शुभचिन्तकहरूका साथै लोकतंत्र मा बिस्वास गर्ने संपूर्ण प्रगतिशील, बामपंथी, देशभक्त लोकतन्त्रबादी जनसमुदाय लाई बर्तमान घट्नालाई नजिकबाट अबलोकन गर्दै सत्य र निस्ठापुर्वक अभिब्यक्ती दिन समेत आग्रह गर्नु का साथै बेलायत स्थित संपूर्ण पत्रकारज्यूहरू लाई यसै मार्फ़त सहभागी हुन अनुरोध गर्ने निर्णय गरियो। स्वस्थ छलफल मा सहभागी कमरेडहरू लाई स्वागत गर्दै भर्चुअल बैठकको संचालन कमिटीका सचिव सचिव सुरेश गौतमले गर्नु भएको थियो । हार्दिक अभिबादन सहीत, सुरेश गौतम सचिव प्रवासी नेपाली एकता मंच युके।