के गर्ला सरकारले अब ?

इन्डोनेसियाबाट थाईल्याण्ड हुंदै आइतबार नेपाल आइपुगेका प्रधानमन्त्री सुशील कोइराला छलफलमा व्यस्त छन् । स्वदेश फर्किएलगत्तै उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमसंग छलफल गरेका प्रधानमन्त्री कोइरालाले आज ४ बजे सर्वदलीय बैठक बोलाएका छन् ।

गृहमन्त्रालयमा बोलाइएको सर्वदलीय बैठकमा सबै राजनीतिक दललाई बोलाइएको छ । सरकारले यसअघि नै भूकम्पबाट बढी प्रभावित जिल्लाई संकटग्रस्त घोषणा गरिसकेको छ ।

शनिबार नेपालको विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पले राजधानी काठमाडौंसहित देशभरको जनजीवन अस्तव्यस्त छ । भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार १ सय नाघिसकेको छ ।

sushil_koirala