बेलायत बस्ने नेकपा,कांग्रेस र राप्रपा नेताले गरे म्यानमार सैनिक ‘कू’ को चर्को विरोध

लण्डन । म्यानमारमा सेनाले ‘कू’ गर्दै शासन सत्ता हातमा लिएकोमा बेलायत स्थित नेपालका राजनीतिक दलहरूले निन्दा गरेका छन् । दलहरुले संयुक्त बिरोध विज्ञप्ति जारी गर्दै म्यानमार सेनाले सोमबार एनएलडीकी नेतृआङ साङ सु की र राष्ट्रपति विन मिन्ट लगायतका नेताहरुलाई गिरफ्तार गर्रेर सत्ताको कू गर्दै एक वर्षका लागि संकटकाल लगाएको घटनालाई निन्दनीय भनेको हो ।

नेकपा, नेपाली कांग्रेस र राप्रपानिकट तीन संगठनका नेताले मंगलबार एक संयुक्त वक्तव्य जारी गर्दै सेनाले नियन्त्रणमा लिएका नेताहरुको तत्काल रिहाइको माग समेत गरेका छन् ।

प्रवासी नेपाली एकता मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, नेपाली जनसम्पर्क समिति यूकेका कार्यवाहक अध्यक्ष महेश दाहाल र प्रवासी नेपाली एकता समाज यूकेका संस्थापक अध्यक्ष रोशन सापकोटाले वक्तव्य जारी गरेका हुन् ।

‘गत नोभेम्बरमा भएको चुनावमा सुचीको पार्टी एनएलडीले बहमुत प्राप्त गरेको भएको थियो । तर चुनावमा धाधली भएको भन्दै सेना र सरकारबीच टकराव बढेको थियो, त्यही क्रममा सोमबार शासनसत्ता हातमा लिएको सेनाले एक वर्ष संकटकाल लगाएको छ । म्यानमारको यस घोर अप्रजातान्त्रिक घटनाप्रति हामी प्रवासमा रहेका नेपाली समुदाय विरोध प्रकट गर्दछौं।’ उनीहरुले भनेका छन्, ‘बर्मेलीको भविष्य अनिश्चितताको सुरूङमा छिरेको यस घडीमा कू को विरोध गर्दै नियन्त्रणमा लिएका नेताहरूलाई तत्काल रिहा गरेर प्रजातान्त्रिक प्रक्रिया पालना गर्न हामी यही विज्ञप्ति मार्फ़त सचेत बनाउन चाहन्छौ।’ उक्त विज्ञप्तीमा प्रवासी नेपाली एकता मन्च यूके अध्यक्ष राजेन्द्र पुडासैनी, नेपाली जनसंपर्क समिति बेलायतका कार्यावाहक अध्यक्ष महेश दाहाल, प्रवासी नेपाली एकता समाजका संस्थापक अध्यक्ष रोसन सापकोटाले हस्ताक्षर गरेका छन् ।

बर्मामा सेनाले आइतबार रातिदेखि सत्तारूढ नेसनल लिग फर डेमोक्रेसी एनएलडीका नेतालाई पक्राउ गर्न थालेको थियो। स्टेट काउन्सिलर आङ सान सुकी, राष्ट्रपति विन मिन्ट, मन्त्रीहरू र प्रदेशका मुख्यमन्त्रीहरूलाई सेनाले नियन्त्रणमा लिइसक्दा नसक्दै राजधानी नेपितअ र पुरानो राजधानी रंगुनमा टेलिफोन, इन्टरनेट अवरूद्ध भएको छ भने सरकारी टेलिभिजन पनि बन्द गरिएको छ ।

हाल म्यानमारमा एक वर्षका लागि संकटकाल लागाइएको छ । हाल हवाइ उडान, बैंकहरु बन्द भएका छन् भने पैसा निकाल्न एटिएमअगाडि सयौं मानिस लाइन बसेका छन्।