लण्डन ।बेलायतमा वास्तुशास्त्रका नेपाली विज्ञकोे आगमन भएको छ । नेपालको विराटनगरमा जन्म भइ विगत १२ बर्षदेखि लण्डन लाई कर्मथलो बनाएका नरेश राजवीर शर्माले बेलायतमा वास्तुविज्ञको रुपमा आफूलाई य्ट्युब मार्फत सार्वजनिक गरेका छन् । बिराटनगरमा जन्मिएका राजवीरले उच्च शिक्षा काठमाडौँमा लिए । त्यसपछि उनी २००८ मा लण्डन आए । हजूर बुबा दुलीचन्द शर्मा र बुवा विश्वनाथ शर्मा दु्वैजना बिराटनगरका प्रसिद्ध ज्योतिस तथा पण्डित थिए । सोही विरासतलाईं अघी बढाउँदै उनले पनि यो विद्यालाई अंगाल्ने निर्णय गरी उनले वास्तुविद र न्यूमेरोलोजिस्टकÞो रूपमा प्रस्तुत भए ।
लण्डन नेपाल न्यूजका प्रधान सम्पादक शिव भण्डारी संगको कुराकानीको क्रममा उनले भने, ‘कोभिड महामारीको कारण लकडाउन हुँदा सबै मानिसहरु घरभित्रै ठप्प भए, काम धन्दा सबै चौपट भयो, ‘तर मैले लकडाउनको समयलाई सदुपयोग गरी अझ गहिरो ज्ञान हासिल गरी बास्तु शास्त्र विज्ञानलाई सर्वत्र फैलाउने योजना सार्वजनिक गरे ।
शर्माले युट्युबमा वास्तु र न्युमेरोलोजीको कार्यक्रम पनि शुरु गरेका छन् । वास्तुशास्त्र अन्धविश्वास होइन धेरैले वास्तुशास्त्रलाई अन्धविश्वासको रुपमा चित्रण गर्छन । उनीहरुको धारणालाई शर्माले ठाडै अस्वीकार गरे । ‘धेरै मानिसहरुले अझै पनि यसलाई बुझेका छैनन’, उनले भने, ‘वैज्ञानिक रुपमै पुष्टि भइसकेको वास्तुशास्त्रले हाम्रो जीवनमा धेरै ठूलो अर्थ राख्छ’। हजूरबुबा ज्योतिष पण्डित दुलीचंद प्रसाद शर्माले बिराटनगरमा विराटेश्वर शिव मन्दिरको स्थापना गरे लगतै सो परिवारले त्यस मन्दिर मार्फत ज्ञान दिदै र पुज्दै आएका छन् ।

‘वास्तुशास्त्रमा मेरो सुरुवात देखि नै लगाव थियो,’ उनले भने, ‘अझ कोरोनाको कारण लकडाउनमा लामो समयसम्म घरमै थुनिन पुगौ । बाहिर निस्कन मिलेन ।यही मौकामा यो विद्याको गहिरो र फरक अध्ययनले मलाई ठूलो उर्जा मिलेको छ ।’ उनका अनुसार वास्तुशास्त्रको सानो सानो कुरामा ध्यान नदिदा परिणाम ठूला निम्तिन सक्छन् । सानो कुराको समाधान हामीलाई थाहा नहुँदा ठूलो घटनाको शिकार हुन सक्ने सम्भावना रहन्छ । वास्तुशास्त्रका सामान्य कुरामा ध्यान नदिदा धेरैले असफलताको नमिठो परिणाम भोग्नु परेको छ।श्रीमान श्रीमतीमा मेलमिलाप नहुने, सम्बन्ध बिग्रने स्वास्थ्यमा असर पर्ने लगायतका धेरै कुराहरु आइरहेका हुन्छन् । यो सबै बास्तुशास्त्रमा ध्यान नदिएको कारण मधॆ एक हो ।
के हो त वास्तु शास्त्र ? नरेश राजवीरका अनुसार घर,वा भवनमा प्रयोग भएका बस्तुहरुलाइ त्येसको पंच तत्त र ४ दिशा र ९ ग्रह लाइ मिलाएर राख्ने शास्त्र नै वास्तुशास्त्र हो ।घर बनाउँदा, निर्माण गर्दा बास्तु मिलाउनु पर्छ । यसैले मात्रै धेरे ठूलो राहत हुन्छ । ‘सानातिना समस्या त पछि पनि समाधान गर्न सकिन्छ ।
, ‘प्राचिन काल देखि नै ऋषिमुनीहरुले आविष्कार गरी शुरु गरेको वास्तुअध्ययन अहिले अझै प्रचलित हुँदै गइरहेको छ।’ उनका अनुसार घर भवन निर्माणको कुन सामान कहाँ र कुन एंगल मिलाएर राख्ने भन्ने कुरामा ज्यादा ध्यान दिनु जरुरी छ । घर बनाउँदा वास्तु अध्ययन मात्रै गरेर वास्तुशास्त्र अनुसारकै ठाँउमा राखियो भने त्यसले धेरै लाभ मिल्छ । ‘मानिसहरुले यसलाई बुझ्न नसकेर पनि धरै क्षती व्यहोरीरहेका हुन्छन ,’ उनले भने, ‘मैले यो अविश्वास हटाएर सबैसामू वास्तुको महत्व बुझाउने अभियानमा छु ।’ उनले पञ्च तत्त अर्थात पृथ्वी, जल, अग्नि , वायु, आकाश, ४ दिशा र ९ ग्रहलाई ब्यालेन्स गरेर संरचना बनाउनुपर्ने बताए ।।’ उनले भने बास्तु शास्त्र अंकविज्ञान पनि उत्तिकै महत्व भएको बताए । ‘अंक र ज्योतिषिय पक्षको मेल नैै अंक विज्ञान हो,
वास्तुशास्त्र एउटा यस्तो शास्त्र हो जसले परिवारको सुख समृद्धिको लागि प्रकृतिको उर्जा, स्रोत र पारिवारिक उर्जाको सही र सन्तुलित प्रयोग गर्न सिकाउँछ। जसले सफल जीवन बनाउँछ । यसैले विश्भरीका मानिसहरुले यो शास्त्रलाई अनुशरण गरिरहेका हुन्छन् । वास्तुविज्ञ शर्माले वास्तुशास्त्रका उपायहरूको बारेमा जानकारी लिएर अघि बढेमा यसले हाम्रो जीवनमा पक्का चमत्कार ल्याउन सक्ने बताए ।
भिडियो






