बेलायतमा ड्युटी छोडेर प्रहरी स्टेशनमै कपाल काट्ने दर्जनौ प्रहरीलाई कारवाही

लण्डन । बेलायतमा ड्युटी छोडेर कपाल काट्न जाने दर्जनौ प्रहरीलाई कारवाही गरिएको छ ।

कामको समयमा प्रहरी स्टेशनमै कपाल काटेका ३१ महानगर प्रहरीको समूहलाई जनही २ सय पाउण्डका दरले कारवाही गरिएको हो ।

अधिकारीका अनुसार कोरोनाभाइरस महामारी नियन्त्रण गर्न सरकारले तोको नियमहरु पालना नगरेको कारण उनीहरुलाई कारवाही गरिएको हो ।

जनवरी १७ को दिन उनीहरुले बेथनल ग्रीन पोलिस स्टेशनमै व्यवसायिक बार्बर ल्याएर उनीहरुले कपाल काटेका थिए ।

त्यसैगरी कपाल काट्न व्यवस्थापन गर्ने २ अधिकारीमाथि पनि अनुसन्धान भइरहेको छ ।

प्रहरी उपरिक्षक मर्कस बर्नेटले आफ्ना प्रहरीहरु कोभिड महामारी नियन्त्रण गर्न लगाइएका नियमहरु पालना नगरेकोमा दुःख व्यक्त गरे ।

‘प्रहरीहरुले हेयरकटको पार्टको रुपमा च्यारीटिलाई रकम डोनेट गरेको भएपनि नियम पालना गर्ने रोल मोडलको रुपमा रहेका प्रहरीले नै यसरी नियम तोड्नु गलत हो’ उनले भने ।

 

Photo- The metro