वासिंटन पोष्टका अनुसार अमेरिकाले भुकम्प प्रभावितहरुको उद्धारमा सहयोग पुर्याउन उद्धार टोली समेत नेपाल पठाउने भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय र अमेरिकी विदेश मन्त्री जोन केरीले भुकम्पले पुर्याएको क्षतिप्रति नेपाललाई सहानुभूति व्यक्त गर्दै सहयोगको प्रतिवद्धता जनाएका छन् । केरीले जारी गरेको प्रेस वक्तव्यमा नेपालका जनताको दुःखमा आफूहरु साथै रहेको जनाउँदै सहानुभूति व्यक्त गरेका छन् । युएसएडले प्रकोप रेस्पोन्स टीम नेपाल पठाउने तयारी गर्दै गरेको जानकारी गराउँदै केरीले सो टोलीले भुकम्पमा पुरिएकाहरुको खाेजी र उद्धारमा सहयोग गर्ने बताएका छन् । यसैगरी अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की प्रवक्ताले ब्रेनडेट मिहानले नेपाललाई चाहिने अरु सहायताका लागि अमेरिका तयार रहेको बताइन्
भुकम्प पीडितलाई १ मिलियन अमेरिकी डलर सहयोग:







