भारत्तोलनमा पहिलोपदक स्वर्ण जितेर नेपालको नाम विश्वमा पुर्याउन सफल खेलाडी रुप कार्कीको निधन

काठमाडौं । भारत्तोलन खेलका पहिलोपदक स्वर्णपदक जितेर इतिहास रचेका रुप कार्कीको उपचार गर्न काठमाडौँ ल्याउँदै गर्दा निधन भएको छ । रुपन्देही स्थायी घर भएका कार्कीको बुटवलबाट उपचार सम्भव नभएपछि काठमाण्डौ उपचारका लागि ल्याउँदै गर्दा बीच बाटोमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

शरीर बनाउन कुनै औषधिको सेवन नगरेका समूहमा प्रतियोगितामा भाग लिने भारत्तोलक खेलाडी कार्कीले एटलान्टा आईपीएल, इन्टरनेसनल पावर लिफ्टइङ्ग प्रतियोगिता (अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगितामा) आफ्नो तौल समूहमा स्वर्ण जिती नेपालको नाम विश्वमा पुराउन सफल भएका थिए ।

कुल १४ सय पाउण्ड उठाएर स्वर्णपदक प्राप्त गरेका उनले चार दिनसम्म सञ्चालित मास्टर–२ प्रतियोगितामा दुई सय बढी देशका करिब ७ सय जना प्रतिस्पर्धीलाई पछाडि पार्दै स्वर्ण जितेका थिए ।

अमेरिकास्तरीय प्रतियोगितामा झण्डै दर्जन खेलमा स्वर्णपदक जित्दै च्याम्पियन बनेका उनी नेपालको इतिहासमा भारात्तोलनमा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

सन् २००९ देखि भारत्तोलनको अभ्यास सुुरु गर्दै २०१२ देखि पुर्णरुपमा भारत्तोलन खेलमा सक्रिय भएका कार्की अन्तर्राष्ट्रिय भारत्तोलन (पावर लिफ्टिङ) खेलमा दोस्रो पटक विश्व च्याम्पियन बन्न सफल भए ।
अमेरिकाबाट नेपाल फर्केपछि बाकी जीवन भारत्तोलन खेलमा बिताउने भनेका उनी भारत्तोलन खेलकै लागि दैनिक ३ देखि ५ घण्टा सम्म नियमित ब्यायाम गर्ने गर्दथे ।

उनले खेल सदैव समाज र राष्ट्रलाई चिनाउनको निम्ती खेल्ने बताउने गर्दथे । हुन पनि उसैगरी नेपालको नाम विश्वसामू चिनाएका छन् ।

‘म मेरो लागि नभएर नेपाल र नेपालीको पहिचानका लागि खेलिरहेको छु। खेलको माध्यमबाट नेपाललाई चिनाउन पाएकोमा निकै गर्व लागेको छ।’ उनले भनेका थिए, अभियानमा जीवन संगिनी शोभा सुवेदी र छोरा रुपेशको साथ र हौसलाले सफलता दिलायो ।

बागलुङको गल्कोट नगरपालिकामा जन्मिएका कार्कीको परिवार बसाइ सरी रुपन्देहीको तिलोत्तमा–६ भलवारीमा रहँदै आएको छ ।