लन्डन । विश्व ज्योतिष महासंघले टयारोट कार्ड रिडर क्षमता ढकाल लाई विश्व ज्योतिष महासंघको अन्तर्राष्ट्रिय समितिको सदस्यमा चयन गरेको छ । लन्डनमा टयारोट कार्डबाट भविष्य पत्ता लगाउने ढकाललाइ महासंघको हालै सम्पन्न केन्द्रिय कार्यसमिति बैठकले रिक्त सदस्य पदमा चुनेको हो ।
लामो समयदेखि लण्डनमा वसोवास गर्दै आएकी ढकाल ट्यारो कार्डका माध्यमवाट आवश्यक परामर्श दिंदै आएकी छिन ।
पछिल्लो समय अनेक भविष्यवाणी गर्ने र चर्चामा आउने प्रवृत्तिले समग्र ज्योतिष विद्यालाई नै बद्नाम गराउने काम भएको र यस्तो कार्यलाई बन्देज लगाउनुपर्ने भ्न्न्दै उक्त संस्थामा जोडिएपछि आफ्नो अनुभव र दक्षता आदान प्रदान गर्ने उनले बताइन् ।
यसै बीच अन्तर्राष्ट्रिय ज्योतिष परिषद् को समितिमा धादिङका डा. सुनिल सिटौलालाई सहमहासचिव, ललितपुरका ज्योतिष नरोत्तमलाल श्रेष्ठलाई उपमहासचिव र ललितपुरकै ज्योतिष ज्ञानेशमान जोशीलाई प्रचार सचिव चयन गरेको महासंघका महासचिव उदय नारायण भट्टराई सन्तोष वशिष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकले मेदिनी मुखपत्र प्रकाशनका लागि सन्तोष वशिष्ठलाई प्रधान सम्पादक र ताराप्रसाद नेपाललाई सम्पादक चयन गर्दै उनीहरुलाई मेदिनी मुखपत्र प्रकाशनका लागि कार्यविधि मस्यौदा तयार गर्ने जिम्मेवारी समेत दिएको छ ।






