
काठमाडौं, १२ वैशाख । खुसी मुलुकको सूचीमा नेपालले १ सय २१ औं स्थान पाएको छ ।
२०१२ दृखि विभिन्न सूचकलाई आधार मानेर निकाल्न थालिएको ह्यापिनेस रिर्पोटको २०१५ को संस्करणले नेपाललाई १ सय ५८ मुलुकमध्ये १ सय २१ औं स्थान दिएको कान्तिपुर दैनिकले छापेको छ ।
अध्ययन अनुसार नेपाल सार्क मुलुकमा श्रीलंका र अफगानिस्तानभन्दा खुसी छ ।
सबैभन्दा खुसी मुलुक स्विजरल्याण्ड, दोस्रोमा आइसल्याण्ड, तेस्रोमा डेनमार्क परेका छन् । भारत १ सय १७ औं स्थानमा छ ।






