बेलायतमा “पृथ्वी जयन्ती”मनाउन भरत क्षेत्रीले गरे यस्तो निमन्त्रणा !!

लण्डन । बेलायतमा श्री ५ पृथ्वीनारायण शाह को २९९ औ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस यसपटक भर्चुअल रुपैया मनाइने भएको छ।
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतको आयोजना तथा लण्डन नेपाल न्यूजको मिडिया पार्टनरसिपमा भर्चुअल माध्यमबाटै पृथ्वी जयन्ती मनाइने भएको हो ।

वितगका बर्षहरुमा भौतिक रुपमै उपस्थित भई भव्य समारोहका साथ कार्यक्रम गर्ने गरिएको भएपनि यसबर्ष विश्वव्यापी फैलिएको कोरोनाभाइरस महामारीको कारण अनलाइनबाटै मनाउन लागिएको हो ।
आगामी जनवरी ११ अर्थात पुस २७ गते बेलायतको समय विहान ११ बजे तथा नेपाली समय बेलुका ५ बजे गरिने उक्त कार्यक्रमको लण्डन नेपाल न्यूजको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण समेत गरिने भएको छ ।

संगठनका अध्यक्ष भरत रोका क्षेत्रीले पृथ्वीनारायण शाहको योगदानलाई सबैले कदर र सम्मान गर्नुपर्ने बताउँदै शाहको योगदानले मात्रै देश आज एकीकृत भएको बताए । रोकाकै पहलमा विगत एक दशकदेखि बेलायतमा पृथ्वी जयन्ती कार्यक्रम मनाइदै आइएको छ ।
विक्रम संवत १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा ५० वटाभन्दा बढी टुक्रे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए ।

२० बर्षको उमेरमै राजगद्दी सम्हालेका शाहले जीवनपर्यन्त एकीकरण अभियान अगाडि बढाएका थिए । उनको यही योगदानको कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२÷०६३ को जनआन्दोलनपछि बनेको सरकारले एकता दिवस खारेज गरेको थियो । माओवादीको दबावमा तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाले पृथ्वी जयन्ती र सो अवसरको बिदा कटौतीको प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए । यद्यपि, त्यसपछिका बर्षमा पनि जनस्तरबाट पृथ्वी जयन्ती मनाउने क्रम भने जारी नै छ ।

थप जानकारी को लागी सम्पर्क: मिति : 27 पुस 2077 (11 January 2021) Monday समय यूके : 1100 Hrs समय नेपाल : ५ बजे बेलुका कार्यक्रम कोडिनेटर भरत क्षेत्रि ( Mob: 07828289602 ) संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायत

E-Mail: bharatroka172@gmail.com