सिड्नी । मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनको नेपाली समाज अष्ट्रेलियाले विरोध गरेको छ ।
समितिका महासचिब सन्तोष आचार्यले एक विज्ञप्ती जारी गर्दै ओलीले गरेको उक्त कदम नेपालको संविधानको मर्म विपरित, अलोकतान्त्रिक भएको भन्दै निन्दा गरिएको छ ।
‘आफ्नो पार्टीभित्रको आन्तरिक किचलो व्यावस्थापन गर्न नसकेर सन्काहा पारामा लिइएको यो असंवैधानिक कदमले ओलीको सर्वसत्तावादी निरंकुश चरित्र त उदांगो पारेको छ नै त्यो भन्दा ज्यादा यसले देशलाई थप अन्यौलता र अस्थिरतातर्फ धकेलेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यो निर्णयबाट प्रतिगामनकारीहरुलाई टेवा पुग्ने र गणतन्त्र, संघियता, समावेशीताको हालसम्मका उपलब्धीहरुलाई चोट पुग्ने सम्भावना बढेको साथै, कोभिडको कारण चरम आर्थिक संकटको बेला देशले अर्को भद्दा चुनाव वहन गर्न नसक्ने ठहर गर्दै यो कदम तत्काल फिर्ता लिन नेपाली समाज अष्टे«लिया जोडदार माग गर्दछ ।







