काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हठात गरेको संसद विघटनको निर्णय प्रति विरोध गर्दै ७ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरूले अपरान्ह साढे ४ बजे पत्रकार सम्मेलन गरि सामूहिक राजीनामा दिएका हुन्।
“राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुनेगरी चालिउको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं,” उनीहरुले भनेका छन् ।
राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् ।






